


काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा आज आइतबार साविक विजेता बंगलादेश र पाकिस्तान भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। डिफेन्डिङ च्याम्पियन बंगलादेश आजको खेलमा पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउने योजनामा छ।


समूह चरणमा पाकिस्तानले अन्तिम खेल खेल्न लागेको हो। यता बंगलादेशले भने च्याम्पियनसिपमा पहिलो खेल हो। अघिल्लोपटक नेपालमा नै भएको च्याम्पियनसिपमा बंगालदेशले नेपाललाई हराउँदै पहिलो पटक उपाधि उचालेको थियो।
समूह ‘ए’ मा रहेको पाकिस्तान च्याम्पियनसिपमा पहिलो जितको खोजीमा हुनेछ। पाकिस्तान आजको खेलमा विजयी भए अन्तिम चारमा पुग्ने सम्भावना जिवित रहनेछ।
बराबरी या हारको नतिजाले पनि सेमिफाइल पुग्ने सपना अधुरै रहनेछ। पाकिस्तान समूह चरणको पहिलो खेलमा भारतसँग ५–२ गोल अन्तरले पराजित भएको थियो।



