हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल आजै श्रीलंकासँग खेल्दै

 

काठमाडौँ । नेपालले हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने भएको छ ।

समुह चरणमा इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको नेपालले समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको थियो ।

नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो ।

अब क्वाटरफाइनलमा नेपालले आजै अपराहन्न १: ३५ बजेदेखि शुरु हुने खेलमा श्रीलंकाको सामना गर्ने छ ।