पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा अर्घाखाँचीमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण (तस्बिर सहित)

 

-अनिल नेपाली , अर्घाखाँची ।

छत्रदेव, अर्घाखाँची-  पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ अन्तर्गतका पाँच सामुदायिक विद्यालयका ३०१ जना अतिविपन्न विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरेको छ।

May be an image of one or more people

वितरण गरिएका न्यानो कपडामा ट्र्याकसुट, टोपी, र मोजा समावेश थिए। साथै, १२ जना अति विपन्न बालबालिकालाई भाग्य बोक्ने झोला उपलब्ध गराइयो, जसमा शिक्षाका लागि आवश्यक सामग्री समावेश थिए।

May be an image of 4 people and text

लाभान्वित विद्यालयहरूमा जगतमाता आधारभूत विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, श्री अमर आधारभूत विद्यालय, श्री जनशान्ति आधारभूत विद्यालय, र श्रीदीप आधारभूत विद्यालय समावेश छन्। कार्यक्रम छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान सिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

May be an image of one or more people and people smiling

विशिष्ट अतिथिहरूमा वडा नं. ३ का अध्यक्ष तेजप्रसाद खनाल, पहिलो पाइला नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल, र समाजसेवी पशुपति पाण्डे रहनुभएको थियो। प्रमुख अतिथि श्रेष्ठले यस्ता सहयोगले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। कार्यक्रमको अध्यक्षता पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष सन्तोष बन्जाडेले गर्नुभएको थियो।

images

May be an image of 7 people

आफ्नो मन्तव्यमा उहाँले पहिलो पाइला नेपालको स्थापना, उपलब्धि, र आगामी योजनाबारे जानकारी गराउँदै ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच बढाउन संस्थाले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।

images

May be an image of one or more people

समाजसेवी पशुपति पाण्डे र अमित प्रकाश पाण्डेको विशेष सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। समाजसेवी पाण्डेले पहिलो पाइला नेपालसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताउँदै, यस्ता प्रयासहरूले बालबालिकाको जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

images

May be an image of one or more people and people smiling

त्यस्तै, केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेलले भन्नुभयो, “स्थानीय सरकारले गर्नुपर्ने काम हामीले गर्न पाउँदा खुसी छौं, तर यो जिम्मेवारी वास्तवमा स्थानीय सरकारको हो।” कार्यक्रममा स्वागत मन्तव्य प्रकाश पोखरेलले प्रस्तुत गर्नुभएको थियो भने धन्यवाद मन्तव्य कोषाध्यक्ष नरेश न्यौपानेले राख्नुभएको थियो।

May be an image of 1 person and text

कार्यक्रमको संयोजक रमेश काफ्ले रहनुभएको थियो, र सचिव मनिष खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Nepal life insurance

May be an image of 7 people

उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका, समाजसेवी, र स्थानीय गरी करिब ६०० जनाको उपस्थिति रहेको थियो। सहभागीहरूले पहिलो पाइला नेपालको यो योगदानको प्रशंसा गर्दै यसलाई समाजसेवाको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरेका छन्। यस्ता कार्यक्रमहरूले ग्रामीण क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।