प्यालेस्टाइनी नागरिकमाथी इजरायलले गरेको नरसंहारको विरुद्ध अर्घाखाँचीमा हस्ताक्षर अभियान सुरु (तस्बिर सहित)

 

गोपाल प्रसाद भट्टराई पौष–०८,अर्घाखाँची।

अर्घाखाँची – प्यालेस्टाइनी नागरिकमाथी इजरायलले गरेको नरसंहारको विरुद्ध अहिले नेपालमा हस्ताक्षर अभियान चलिरहेको छ । यो अभियान आइतबारदेखि अर्घाखाँचीमा पनि सुरु भएको छ ।

May be an image of 1 person and text

जिल्लाका ६ वटै पालिकामा अभियानमार्फत हस्ताक्षर संकलन गर्ने र संयुक्त राष्ट्रसंघमा पठाउने अभियानमा सहभागी जिल्लाका क्रियाशिल ६ दलले बताएका छन् ।

May be an image of 3 people, hospital and text

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, क्रान्तिकारी नेकपा, विप्लब नेतृत्वको नेकपा गरि ६ दलको सहभागीतामा आइतबार सन्धिखर्कमा एक औपचारिक कार्यक्रम गरि अभियान सुरु भएको हो ।

May be an image of 11 people, crowd and text

images

शान्ति बगैचामा भएको आइतबारको कार्यक्रममा माओवादी केन्द्रका सन्धिखर्क अध्यक्ष  कृष्णहरी भुसालको अध्यक्षता, एकीकृत समाजवादी जिल्ला सचिव युवराज पौडेलको संचालन र राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष गोविन्द वि.सी.को स्वागत मन्तव्य रहेको थियो ।

images

May be an image of one or more people, crowd, street and text

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार वि.क. किशोर, सह–इन्चार्ज छमकुमारी खनाल चिनारी, जिल्ला संयोजक राजेन्द्र भुसाल, राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी., जिल्ला अध्यक्ष थम्मन के.सी., नेकपाका जिल्ला सदस्य विजय सी, क्रान्तिकारी कम्युनिट पार्टी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपाली, पत्रकार महासंघ पुर्व जिल्ला अध्यक्ष अशोक खनाल लगयतको सहभागीता रहेको थियो ।

images