अजरबैजानकाे बिमान रूसले खसालेको दाबी

 

काठमाडौं, १२ पुस  । कजाकस्तानमा भएको घातक हवाई दुर्घटनामा रूसको हात रहेको जनाइएको छ । अजरबैजानको प्रारम्भिक अनुसन्धानले रुसको वायु रक्षा प्रणालीले विमान खसालेको निष्कर्ष निकालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन ।

अजरबैजान एयरलाइन्सको फ्लाइट ८४३२ बुधबार दक्षिणी रुसको चेचन्या क्षेत्रको राजधानी ग्रोज्नी जाँदै गरेको बखतमा अक्ताउ सहर नजिकै दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

यद्दपी, अजरबैजानले यस प्रकोपको अनुसन्धानको निष्कर्ष सार्वजनिक रूपमा घोषणा भने गरिसकेको छैन ।

‘कि रूसी एन्टी एयरक्राफ्ट मिसाइल दोषी थियो,’ युरोन्युज, द वाल स्ट्रीट जर्नल, अनाडोलु एजेन्सी र रोयटर्स समाचार एजेन्सीलगायतले बिभिन्न स्रोत उल्लेख गर्दै रूसको हात रहेको जिकिर गरेका हुन ।

‘विमानलाई रूसी प्यान्टसिर एस ब्याट्रीले प्रहार गरेको थियो किनभने यसको संचार इलेक्ट्रोनिक युद्ध प्रणालीले हमला गरेको थियो,’ प्रारम्भिक रिपोर्टमा भनिएको छ, ‘विमानमा गोली हानाहान जानाजानी हो भन्ने विश्वास गरिएको थिएन ।’

images

यद्दपी, यसमा थप र बिस्तृत छानबिन गरे पछि अजरबैजानले आफ्नो पहिलो रिपोर्ट चाँडै सार्बजनिक गर्ने जनाइएको छ । तर, रूसले भने यसमा कुनै प्रतिक्रिया दिएको छैन । तर, रूसका केही अधिकारीले भने यस आरोपको खण्डन गरेका छन्  ।

 

images

 

images