टिकटक माथी प्रतिबन्ध नलगाउने ट्रम्पको संकेत, प्रतिबन्ध स्थगन गर्न उनका जर्नेलको सर्वोच्चमा अपिल

Trump asks Supreme Court to delay TikTok sale deadline - ABC News

 

वासिङटन, १४ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक माथिको प्रतिबन्ध स्थगन गर्न सर्वोच्च अदालतमा अपिल गरेका छन् ताकि यस विषयमा छलफल गरेर समाधान खोज्न सजिलो होस् ।

यो अपील जोन सोयरले दायर गरेका हुन, जोन तीनै हुन्, जसलाइ ट्रम्पले सोलिसिटर जनरलको रूपमा मनोनित गरेका थिए ।  जोन सायर पनि यही हुन् । यो स्थितिमा सामान्यतया सर्वोच्च अदालतमा अमेरिकी सरकारको प्रतिनिधित्व गर्दछ। यस मुद्दाको सुनुवाई अब जनवरी १० मा तय गरिएको छ ।

Trump asks Supreme Court to delay TikTok sale deadline - ABC News

यस अघि पनि ट्रम्पले टिकटकमा प्रतिबन्धको विरोध गर्दै आएका छन् । यस्तो अवस्थामा प्रश्न उठेको छ कि किन ट्रम्पले टिकटकलाई यति धेरै माया गर्छन् ? वास्तवमा, ट्रम्पले टिकटक भन्दा पनि देशका जनतालाई माया गर्छन् र यही कारण हो कि उनी यसको प्रतिबन्धको विरोध गर्दैछन्। ट्रम्पले भर्खरै पत्रकार सम्मेलनमा टिकटक मार्फत मात्रै युवाको समर्थन पाएको बताएका थिए, उनले निर्वाचन अघि टिकटक खाता पनि खोलेका थिए । जहाँ उनका लाखौं फ्लोअर्सहरू रहेका छन । उनका अनुसार यो एप अमेरिकामा १७ करोडभन्दा बढी प्रयोगकर्ताहरूका माझ निकै लोकप्रिय छ।

योसँगै ट्रम्पले राजनीतिक वार्ताबाट पनि यो समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन् । टिकटकमा हुने बहसलाई राष्ट्रिय सुरक्षा खतरा र स्वतन्त्र वाक् अधिकारबीच सन्तुलन मिलाउनुपर्ने उनको भनाइ छ । यसबाट टिकटक बचाउन सकिन्छ र सरकारको राष्ट्रिय सुरक्षाको चिन्ता पनि हल गर्न सकिन्छ भन्ने मध्यमार्गी बाटो उनले निकाल्न खोजिरहेका छन । त्यसैले उनीहरु यो कानुनी द्वन्द्वबाट बच्न खोजिरहेका छन् ।

खासमा अमेरिकामा लामो समयदेखि चिनिया एप टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास तीव्र बन्दै गएको छ । राष्ट्रिय सुरक्षा चिन्ताका कारण यो कदम चालिएको दावी गर्दै आइएको छ । एफबीआई र अमेरिकी सांसदहरूले टिकटकमाथि डाटा चोरी र चिनियाँ सरकारसँग सम्बन्ध रहेको आरोप लगाएका छन्। तर, कम्पनीले यी आरोप अस्वीकार गर्दै आएको छ ।

images

 

images

 

अमेरिका टिकटकको प्रयोगबाट सर्बसाधारणसहितको डाटा पहुँच गर्न सकिने विश्वास गर्छ । यो पनि एल्गोरिथ्म परिवर्तन गर्न प्रयोग गर्न सकिन्छ। नेशनल सेक्युरिटी एजेन्सीका तत्कालीन निर्देशक पॉल नाकासोनले टिकटकको एल्गोरिथ्मले प्रयोगकर्ताहरूलाई ठूलो प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरेका थिए।  तर, यी आरोपपछि टिकटकले कमजोरी भेटिएमा सुरक्षा बढाउने विश्वास व्यक्त गरेका छन ।

images

 

भर्खरै ट्रम्पले संकेत यो पनि गरे कि टिकटकलाई अमेरिकामा सञ्चालन गर्न अनुमति दिइन्छ। फिनिक्स, एरिजोनामा आयोजित एक कार्यक्रममा उनले टिकटकले राष्ट्रपति चुनावमा महत्वपूर्ण मतदातासम्म पुग्न मद्दत गरेको बताए । उनले यो एप अस्थायी रुपमा सञ्चालन हुने सम्भावना पनि व्यक्त गरेका थिए । ट्रम्पले गत हप्ता फ्लोरिडाको मार ए लागो एस्टेटमा टिकटकका सीईओ शो जी च्युलाई भेटघाट पछि उनी थप प्रस्ट भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

 

गत अप्रिल २०२३ मा राष्ट्रपति बिडेनले बाइट डान्सलाई टिकटकको अमेरिकी सञ्चालकलाइ २७० दिनभित्र बेच्न निर्देशन दिने कानुन पारित गराएका थिए । यदि कम्पनीले अमेरिकी संसदले भने अनुसार गरेन भने एप्पल र गुगल जस्ता एप स्टोरबाट कम्तिमा अमेरिकामा प्रयोग हुन नसक्ने गरी टिकटकलाई आफ्नो प्लेटफर्मबाट हटाउनु पर्नेछ ।

Nepal life insurance

जबाफमा मे २०२३ मा टिकटकले सम्भावित प्रतिबन्ध रोक्न खोज्दै अमेरिकी सरकार विरुद्ध मुद्दा अमेरिकी अदालतमा मुद्दा दायर गरेको थियो तर डिसेम्बरमा अमेरिकी पुनरावेदन अदालतले टिकटकको प्रतिबन्ध असंवैधानिक भएको दाबीलाई अस्वीकार गर्‍यो।

 

त्यसपछि डिसेम्बर १६ मा टिकटक र बाइट डान्सले अस्थायी राहतको लागि सर्वोच्च अदालतमा अपील गरेका थिए । यसपछि भने डिसेम्बर १८ मा सर्वोच्च अदालतले यो मुद्दा समीक्षा गर्न राजी भएको अवस्था छ । जसका कारण पनि ट्रम्पका वकिलहरूले यो विवाद वार्ताबाट समाधान गर्न सकिने विश्वास गरेका छन् ।

यस मुद्दाको सुनुवाई अब जनवरी १० का लागि तय गरिएको छ । र, जनवरी १९ मा सम्भावित प्रतिबन्ध लगाउन सकिने समयसिमा रहेकाले यस्तो अवस्थामा यो विवाद वार्ता वा कानुनी प्रक्रियाबाट समाधान हुन्छ कि हुँदैन हेर्नु पर्ने हुन्छ ।