युक्रेनले बाटाे नदिदाँ युरोप जाने रुसी ग्याँस बन्द, ६० बर्ष पछि युराेपमा आपतकाल

 

किभ, १८ पुस । रुसको सरकारी स्वामित्वको कम्पनी ग्याजप्रोम र युक्रेनबीच पाइप लाइनमार्फत युरोपेली मुलुकमा ग्याँस पठाउने सम्झौता अहिले रद्द गरिएको छ ।

योसँगै रुस र युक्रेनबीचको अन्तिम बाँकी रहेको व्यापार तथा राजनीतिक सम्झौता पनि अब समाप्त भएको छ ।

सम्झौता भङ्ग भएपछि अहिले युरोपका धेरै देशमा रुसी प्राकृतिक ग्यासको निर्यात रोकिएको छ । रुसी कम्पनी ग्याजप्रोमले ट्रान्जिट सम्झौता अन्तर्गत युद्धका बेला पनि स्लोभाकिया, मोल्डोभा र हंगेरीलगायत धेरै देशमा प्राकृतिक ग्याँस पठाउने गरेको थियो ।

युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले एक विज्ञप्तिमा भनेका छन्, ‘हामीले रुसी ग्यासको पारवहन रोकेका छौं। यो ऐतिहासिक घटना हो । रूसले आफ्नो बजार गुमाउँदैछ, यसले आर्थिक नोक्सान बेहोर्नेछ।’

युरोपेली देशहरूमा ग्याँस पठाउने पारवहन सम्झौता २०१९ मा सुरु भएको थियो, जो ३१ डिसेम्बर २०२४ मा समाप्त हुनेवाला थियो। युक्रेनले यो सम्झौता नवीकरण गर्न अस्वीकार गरे पछि युरोपमा रूसी ग्याँस निर्यात अबरूद्द भएको छ ।

images

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले केही सातादेखि युक्रेनलाई पारवहन सम्झौता रद्द नगर्न मनाउन प्रयास गरिरहेका थिए। युक्रेनले सम्झौता नविकरण नगरिदिए पछि उनीहरूको प्रयास असफल साबित भएको छ । यी दुवै युरोपेली नेता पुटिनको समर्थक मानिन्छन्।

images

ग्याँस नपाउने डरले रोबर्ट फिको गत हप्ता पुटिनलाई भेट्न मस्को पुगेका थिए । उनले युक्रेनले पारवहन सम्झौता नवीकरण नगरे स्लोभाकियाले युक्रेनलाई विद्युत् आपूर्ति बन्द गर्ने बताएका थिए । तर, यस धम्कीमा युक्रेनले आफूहरु यसबाट चिन्तित नभएको बताएको थियो ।

युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले भने कि यदि स्लोभाकियाले त्यसो गरे युक्रेनले रोमानिया र पोल्याण्डबाट बिजुली आयात गरेर क्षतिपूर्ति दिने तयारीमा रहेको छ।

images

उता, मोल्दोभाको अवस्था सबैभन्दा गम्भीर छ। यो युक्रेनसँगको सिमानाबाट काटिएको र रुस समर्थित पृथकतावादीहरूसँग लडिरहेको देश हो। ट्रान्जिट सम्झौता रद्द हुने डरका कारण डिसेम्बरको सुरुमा मोल्दोभामा ६० दिने आपतकाल लगाइएको छ ।

मोल्डोभाजस्तै स्लोभाकिया र हंगेरीले त्यति धेरै समस्याहरूको सामना गर्दैनन् किनभने यी देशहरूले अझै पनि ब्ल्याक सीमा बिछ्याइएको टर्कस्ट्रीम पाइपलाइनबाट रूसी ग्याँस खरिद गरिरहेका छन्।

रुसी ग्यास आपूर्ति ६० वर्षपछि बन्द भएको हो । रूसले युक्रेनमा हजारौं किलोमिटरसम्म लामो भूमिगत पाइपलाइनहरू बिछ्याइएको छ। यी सोभियत युगमा राखिएको थियो। करिब ६० वर्षदेखि यी पाइपहरूको सहायताले प्रत्येक वर्ष करिब १५० अर्ब घनमिटर रुसी प्राकृतिक ग्याँस पश्चिम युरोपमा पठाइने गरिन्थ्यो।

Nepal life insurance

रुस–युक्रेन युद्ध सुरु भएपछि युरोपेली संघका देशहरूले रुसी जीवाश्म इन्धनमाथिको निर्भरता घटाएका छन । यही बेला रूसले यी पाइपलाइनहरू मार्फत ४० बीसीएम ग्यास आपूर्ति घटाएको छ। २०२३ मा यो आपूर्ति झन्डै १५ बिसिएममा घटेको थियो, जुन अहिले शून्यमा पुगेको छ ।