‘टि सिडस्’ ले दिन्छ हरेक अंगलाई शक्ति, यसरी खाँदा दोहोरो फाइदा

 

काठमाडौं, २१ पुस । चिया सिडस (बीज, दाना) पौष्टिक तत्वहरूको खजाना हो।  यसमा भिटामिन, प्रोटीन  र खनिजहरू बढी मात्रामा रहेको हुन्छ । यसको सेवनले शरीरलाई धेरै रोगका समस्याबाट छुटकारा दिलाउन निकै फाइदाजनक पनि हुन्छ ।

यसलाई रातभर पानीमा भिजाएर बिहान सेवन गर्दा पाचन क्रियादेखि तौल नियन्त्रणसम्मका अचम्मका फाइदाहरू पाउन सकिन्छ । चिया सिड्समा पाइने ओमेगा ३, क्याल्सियम, फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमता बढाउन, हड्डीलाई मजबुत बनाउन, पाचन क्रियामा सुधार गर्न, मस्तिष्कलाई तीखो बनाउन, छाला र कपालसँग सम्बन्धित समस्या हटाउन निकै फाइदाजनक हुन्छ ।

प्रायः जसो मानिसहरूले चिया सिड्स कसरी उपभोग गर्ने भनेर बुझ्दैनन्। वास्तवमा पानीमा भिजाएर चिया सिड्स खानु निकै फाइदाजनक हुन्छ । तर ध्यान राख्नुहोस् कि यसको सन्तुलित मात्राले मात्र स्वास्थ्यको लागि लाभदायक हुनेछ।

 

पाचन प्रणालीमा सुधार
चिया सिड्स पेटका लागि निकै फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीलाई मजबुत बनाउनुका साथै धेरै रोगबाट बचाउँछ । चियाको बीजमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले पेटमा ग्याँस, कब्जियत र अपचजस्ता समस्यामा निकै फाइदा पु¥याउँछ। चिया सिड्सको सेवन पेटका लागि निकै फाइदाजनक मानिन्छ । पाचन प्रणालीलाई बलियो राख्नका लागि चिया सिड्स रातभर पानीमा भिजाएर खानु फाइदाजनक हुन्छ ।

images

मुटुका लागि फाइदाजनकः
चिया सिड्सले मुटुलाई बलियो बनाउँछ। चिया सिड्स पानीमा भिजाएर खाँदा मुटुसम्बन्धी समस्या र रोगबाट धेरै राहत मिल्छ । चिया सिड्सको सेवन मुटुलाई स्वस्थ राख्न निकै फाइदाजनक हुन्छ । यसमा पाइने ओमेगा ३, फ्याटी एसिडले मुटुलाई स्वस्थ राख्न र धेरै रोगबाट बचाउन पनि मद्दत गर्छ ।

तौल घटाउनमा फाइदाजनक
यदि तपाई मोटोपनाको समस्यासँग संघर्ष गर्दै हुनुहुन्छ भने चिया सिड्स अवश्य खानुहोस् । यसमा कम क्यालोरी हुन्छ र फाइबरले पेट भरी राख्छ, चियाको बीउको सेवनले शरीरमा बोसो घटाउने काम गर्छ। पेटको बोसोसँग लडिरहेका मानिसहरूका लागि पनि चियाको दानाको सेवन धेरै लाभदायक हुन्छ, हरेक बिहान पानीमा भिजाएर चिया सिड्स खानु तौल घटाउन निकै फाइदाजनक हुन्छ ।

images

हड्डीको लागी लाभदायकः
चियाको दानामा पाइने क्याल्सियमले हड्डी बलियो बनाउन मद्दत गर्छ । यसको सेवन हड्डीका लागि निकै फाइदाजनक मानिन्छ । यसले ओस्टियोपोरोसिस जस्ता गम्भीर समस्याहरूको जोखिम पनि कम गर्छ। चिया सिड्स (दाना) मा पर्याप्त मात्रामा क्याल्सियम, म्याग्नेसियम र फस्फोरस हुन्छ, जसले हड्डीलाई बलियो बनाउँछ।

 

images