सपथ ग्रहण लगत्तै ट्रम्प-पुटिन भेटबार्ता हुने

 

वासिंगटन डिसी, २७ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिच भेटघाट हुने भएको छ । संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने बताएका हुन । तर, रिपब्लिकन नेता ट्रम्पले दुई नेताबीच वार्ताको कुनै समयसीमा भने अहिले तय नभइसकेको जनाए ।

‘उनी भेट्न चाहन्छन् र हामी यसका लागि समय तय गर्दैछौं,’ ट्रम्पले  फ्लोरिडाको पाम बीचको मार ए लागोमा रिपब्लिकन गभर्नरसँगको बैठक अघि जानकारी दिदैँ भने।

‘राष्ट्रपति पुटिन मसँग भेट्न चाहन्छन्, पुटिनले सार्वजनिक रूपमा नै भनेका छन कि हामीले त्यो युद्धलाई समाप्त गर्नुपर्छ,’ ट्रम्पले रूस–युक्रेन युद्धको बारेमा भने।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भनेका थिए कि पुटिनले सम्पर्कको लागि ट्रम्पको इच्छालाई स्वागत गर्नेछन् तर अहिलेसम्म कुनै औपचारिक अनुरोध भने गरिएको छैन। पेस्कोभले भने, ‘ट्रम्पले पहिले पदभार ग्रहण गरून, त्यसपछि उपयु्क्त समय तय गरिनेछ ।’

युक्रेनमा शान्ति ल्याउने आफ्नो अभियानको क्रममा ट्रम्पले प्रतिबद्दता गरिसकेका छन । फेब्रुअरी २०२२ मा सुरू भएको रूसको पूर्ण मात्रामा आक्रमण झण्डै ३ वर्ष देखी जारी रहेको छ ।

images

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले पदभार ग्रहण गर्नु भन्दा डेढ हप्ता अघि पुटिनलाई भेट्ने बारे आफ्नो बयान दिए पछि सो क्षेत्रमा शान्ति स्थापना हुने बिश्वास गरिएको छ ।

images

पदभार तथा सपथ ग्रहण लगत्तै दुवै विश्व नेता बिच भेटबार्ता हुने प्रवल सम्भावना रहे पनि मिति र स्थान भने अझै तय भएको छैन । यद्दपी, पदभार ग्रहण पछि सो मिति तय हुने ट्रम्प निकटहरूले जनाएका छन् ।

 

images