नो ह्याङ, दयाहाङ !!

 

काठमाडौं, ४ माघ । दयाहाङ राई, नेपाली फिल्म उद्योगका एक प्रमुख अभिनेता, जसले आफ्नो अभिनयकला र प्रस्तुतिको गहिराइबाट नेपाली सिनेमा प्रेमीहरूको मन जितेका छन्।

आलोचकहरूले बारम्बार उनीमाथि एउटै शैली र लवजमा सीमित रहेको आरोप लगाउँछन्, तर यी आरोप केवल सतही छन्। दयाहाङको अभिनयले पात्रहरूलाई केवल संवाद र शारीरिक हाउभाउको माध्यमबाट होइन, तिनको भावनात्मक र सांस्कृतिक यात्रा समेट्दै जीवन्त बनाउँछ। उनी पात्रको हाँसो, आँसु, र सपना बन्न सक्छन्—र यही विशेषता नै उनलाई अरू कलाकारभन्दा अलग राख्छ।

हुन त उनी राई हुन, तर राई, लिम्बु, तामाङ, गुरुङ सबै कल्चरमा मन छुने जिबन्त अभिनय गर्या छन। नेपाली फिल्म र दयाहाङ पर्चाबाची भएको छ।

दयाहाङले आफ्नो अभिनय यात्राको थालनी थिएटरबाट गरेका हुन्। रंगमञ्चको अनुभवले उनको अभिनयमा गहिरो प्रभाव पारेको छ, जसको झल्को उनका फिल्मीय भूमिकाहरूमा पनि देखिन्छ। थिएटरको आधारभूत कलाले उनीभित्र पात्रको मनोदशालाई पर्दामा सजीव बनाउने क्षमता विकास गर्‍यो। यसैले दयाहाङको अभिनयलाई केवल दृश्यात्मक मनोरञ्जनको रूपमा हेर्नु गलत हुनेछ। उनका अभिनय हरेक पटक पात्रको मनोविज्ञानको सूक्ष्म अध्ययन हो।

बालकुमारी घटनाबारे दयाहाङ : अझ उद्वेलित र आक्रोशित नबनाऊ | Nepal's first  24-hour updated news portal - Ratopati

images

‘कबड्डी’ फिल्ममा उनले थकाली समुदायको पात्रलाई सहजता र हाँस्य रससँगै प्रस्तुत गरे। लिम्बू संस्कृतिमा आधारित पात्रले प्रेम र विडम्बनाको कथा भोग्दा, दयाहाङले त्यसलाई अत्यन्तै यथार्थपूर्ण बनाएका छन्। यस पात्रको सादगी र भावुकता दयाहाङको अभिनयको गहिराइलाई दर्शाउँछ। यो फिल्मले उनलाई नेपाली सिनेमा क्षेत्रमा हास्य शैलीका पात्रको प्रतिनिधि बनायो, तर उनी यस भूमिकामा मात्र सीमित रहेनन्।

images

‘कार्साङ’ मा उनले हिमाली शेर्पा पात्रको जीवनलाई पर्दामा जिवन्त बनाए। हिमाली भूगोलको कठोरता र त्यहाँको जीवनका चुनौतीहरूको कथामा, उनले पात्रको संघर्ष र साहसलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरे। हिमालको जोखिमपूर्ण यात्रामा बाँच्ने र आफ्नो सपना पछ्याउने पात्रको भावना, आँखाको भाव र गहिरो मौनतामा व्यक्त हुँदा, दर्शक दयाहाङको प्रतिभा अनुभूत गर्छन्।

दयाहाङ अभिनित फिल्म 'राजागञ्ज' चैत १ गतेदेखि प्रदर्शन गरिने – Dcnepal

images

यसैगरी, ‘निरफूल’ मा उनले महाभूकम्पको कारण आफ्नो परिवार गुमाएको तामाङ समुदायको दुःखलाई आत्मीयता र संवेदनशीलतासँग प्रस्तुत गरे। फिल्मले तामाङ परिवारको पुनर्निर्माणको कथा भन्छ, जहाँ दयाहाङको अभिनयले पीडाको गहिराइलाई यथार्थपरक ढंगले उजागर गर्यो। उनका हाउभाउ र मौन क्षणहरूले दुःखलाई केवल दृश्यमा होइन, पात्रको आत्मामा देखाउँछन्।

दयाहाङ राईका पात्रहरूले नेपाली समाजको विविधता झल्काउँछन्। चाहे ‘लुट’ मा सामूहिक विद्रोहको पात्र होस्, चाहे ‘टलकजंग भर्सेस टुल्के’ मा राजनीतिक अन्यायको शिकार पात्र, वा ‘दुई नम्बरी’ को रमाइलो पात्र—दयाहाङले प्रत्येक भूमिका फरक दृष्टिकोण र शैलीमा बाँचेका छन्। उनी केवल मनोरञ्जनका लागि अभिनय गर्दैनन्, उनी जीवनको कथा प्रस्तुत गर्छन्।

Nepal life insurance

उनका आलोचकहरू भन्छन्, दयाहाङ बारम्बार एउटै प्रकारको संवाद शैली प्रयोग गर्छन्। तर अभिनय भनेको संवादको मात्र साधन होइन, संवेदनाको अभिव्यक्ति हो। दयाहाङको अभिनयले समाजको वास्तविकताका कथालाई पर्दामा प्रस्तुत गर्दा, उनले हरेक पटक फरक व्यक्तित्व र गहिराइलाई प्रस्तुत गरेका छन्।

यसैले, नो ह्याङ दयाहाङ—उनले अभिनयलाई जीवनको कथा बनाएका छन्। नेपाली सिनेमा उद्योगको यो यात्रा उनीसँग अझै टाढासम्म जान बाँकी रहेको जानकारहरू बताउँछन् ।