आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर : अस्ट्रेलियन डलर, पाउन्ड र युरोको मूल्य घट्यो, अमेरिकी डलर र दिनारको बढ्यो

 

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको छ। यी मुद्राको मूल्य हिजो बढेको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ६४ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४२ पैसा थियो।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ७३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३६ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ९६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ५९ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०८ पैसा थियो।

images

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर

images

८६ रुपैयाँ ५३ र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६८ र बिक्रीदर ८७ रुपैयाँ ०६ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८३ र बिक्रीदर चार सय ४९ रुपैयाँ ७८ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ १२ र बिक्रीदर चार सय ४९रुपैयाँ ०७ पैसा थियो।

images

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ८५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २२ पैसा थियो।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

 

Nepal life insurance