हमासले छाड्यो तीन इजरायली र ५ थाई बन्धक, कहिले छुट्लान विपिन जोशी?

युद्धविराम सम्झौताअनुसार हमासले प्रत्येक सातामा बन्धक रिहा गर्ने भनिएको थियो।

 

काठमाडौं, माघ १७ : प्यालेस्टिनी विद्रोही समूह हमासले ८ जना बन्धक छाडेको छ।

गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरी त्यहाँबाट बन्धक बनाएर गाजा पुर्‍याएकामध्ये ८ जना बन्धकलाई बिहीबार हमासले रेडक्रसको जिम्मा लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बन्धकमुक्ता हुनेहरूमा तीन इजरायली नागरिक र ५ थाइ नागरिक छन्। आजको बन्धक रिहाई युद्धबिराम सम्झौता अनुसार नियमित भने होइन। युद्धविराम सम्झौताअनुसार हमासले प्रत्येक सातामा बन्धक रिहा गर्ने भनिएको थियो।

यद्यपि अमेरिकाको धम्कीका कारण हमासले यो साता दुई पटक बन्धक रिहा गरेको हो। शनिबार पनि हमासले बन्धक रिहा गर्नेछ।

यसअघि युद्धविराम हुँदा हमासले तीन बन्धक रिहा गरेको थियो। दोस्रो साता थप चार बन्धक रिहा गरेको थियो। योसँगै बन्धकमुक्त हुनेको संख्या १५ पुगेको छ। हमासले युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धक छाड्ने सहमति छ।

images

हमासले बन्धक छाडेपनि बिहीबार इजरायलले  प्यालेस्टिनी नागरिकहरूलाई जेलमुक्त गर्न भने ढिलाइ गरिरहेको अलजजिराले जनाएको छ।

images

सम्झौतामा हमासले बन्धक मुक्त गरेपछि इजरायलले गैरकानुनी ढंगले जेलमा राखेका प्यालेस्टिनी नागरिकहरूलाई छाड्नुपर्नेछ।

हमासको बन्धकमा नेपालका विपिन जोशी पनि छन्।

images

रिपोर्टहरूले उनी जिवितै रहेको खुलाएका छन्। उनको रिहा पहिलो चरणमा हुन्छ कि हुँदैन भन्ने निश्चित छैन।

सम्झौताअनुसार हमासले पहिलो चरणमा इजरायली नागरिकहरूलाई मात्रै बन्धकमुक्त गर्ने भनिएको थियो। यद्यपि बिहीबार थाई नागरिकलाई पनि बन्धकमुक्त गरेपछि विपिन जोशीको रिहाईको सम्भावना पनि बढेको छ।

 

Nepal life insurance