अनुष्का-बिराटको अंगरक्षकको तलब, भारतीय बैंकको सिइयोको भन्दा बढी

 

मुम्बइ, १८ माघ । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली लोकप्रिय जोडी मध्ये एक हुन् । उनका तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा सदैव भाइरल भइरहेका हुन्नछन् । अनुष्का र विराट आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै कुरा गर्न मन पराउँदैनन्। यस कारणले, मानिसहरूलाई तिनीहरूको बारेमा त्यति नै थाहा छ, जति तिनीहरूले प्रकट गरेका हुन्छन्।

अनुष्का र विराटले पनि आफ्ना छोराछोरीको सुरक्षाको विशेष ख्याल राखिरहेका छन् । यो जोडीको आफ्नै व्यक्तिगत अंगरक्षकहरू छन, जो सधैं उनीहरुसँगै देखिन्छन्। अनुष्का र विराटको अंगरक्षकको नाम प्रकाश सिंह उर्फ ​​सोनू हो ।

सोनु लामो समयदेखि अनुष्का र विराटसँग रहदैँ आएका छन् । सोनु विवाह अघि नै अनुष्का शर्माको अंगरक्षक थिए । विवाह पछि उनले अनुष्काका पति विराट कोहलीलाई सुरक्षा पनि दिइरहेका छन् । सोनुले अनुष्का र विराटबाट सुरक्षाका लागि ठूलो पारिश्रमिक लिन्छन् ।

अनुष्का शर्मा र विराट कोहलीको व्यक्तिगत अंगरक्षकको तलब कुनै पनि कम्पनीको सीईओभन्दा कम छैन। रिपोर्टमा विश्वास गर्ने हो भने उनले यस जोडीबाट वार्षिक १.२ करोड भारु लिन्छन् । ठूला कम्पनीका सीईओको तलब १.२ करोड हुने गर्दछ ।

अनुष्का आफ्नो बडीगार्डलाई परिवारको सदस्य जस्तै मान्छिन् । सन् २०१८ मा उनले ‘जिरो’ को सेटमा सोनूको जन्मदिन पनि मनाइ दिएकी थिइन । उनको जन्मदिन मनाउने तस्विरहरु सार्वजनिक भइरहेका हुन्छन् । जब अनुष्का पहिलो पटक आमा बन्न लागेकी थिइन्, सोनुले उनको निकै नै ख्याल राखेका थिए । उनले पूर्ण सुरक्षा व्यवस्था गरे, धेरै पटक सोनूले गर्भावस्थामा अनुष्काको पीपीई किट लगाएर हेरचाहसमेत गदर्थे।

images

वर्क फ्रन्टको कुरा गर्ने हो भने अनुष्का शर्मा पछिल्लो पटक फिल्म ‘जिरो’ मा देखिएकी थिइन् । उनका फ्यानहरु उनको फिल्म ‘चक्डा एक्सप्रेस’ को प्रतिक्षामा रहेका छन् । यो फिल्म क्रिकेटर झुलन गोस्वामीको बायोपिक हो ।

images

 

images