युद्दबिराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाइ फोन बोक्न लगायो प्रतिबन्ध

 

गाजा, १ फागुन । गाजाको लडाकु संगठन हमासले इजरायलसँगको कमजोर युद्धविराम जुनसुकै बेला तोड्न सक्ने डरका बीच आफ्ना शीर्ष नेताहरूलाई मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिएको बताइएको छ।

टाइम्स अफ इजरायलका अनुसार हमासका धेरै वरिष्ठ राजनीतिक र सैन्य नेताहरूले इजरायली सेनाले उनीहरूलाई खोजेर मार्न सक्छन् भन्ने डरले आफ्नो फोन प्रयोग गर्न बन्द गर्न निर्देशन दिएको हो । गत महिना इजरायल र हमासबीचको युद्धविराम लागू भएपछि केही नेताहरूले फोन प्रयोग गर्न थालेका थिए, यो उनीहरूले गाजा पट्टीमा १५ महिना लामो इजरायली हमला पछि भएको सम्झौता पछि मोबाइल लिएका हुन् ।

गत जनवरी १९ मा युद्धविराम सुरु भए देखि हमासले ५६६ कैदीहरूको सट्टामा १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ। तर यस हप्ताको सुरुमा हमासले इजरायलले सम्झौताको कथित उल्लङ्घनलाई उद्धृत गर्दै शनिबार बन्धकहरूको अर्को निर्धारित रिहाई रोक्ने बताए पछि स्थित अर्को चरणमा पुगेको थियो । यद्दपी, हमास समूहले अझै पनि सम्झौताप्रति प्रतिबद्ध रहेको भने बताउन छाडेको छैन्।

बीबीसीले हमासका वरिष्ठ अधिकारी बसम नइमलाई उद्धृत गरेर समाचार बनाएको छ ।  ‘हामी यो सम्झौता भङ्ग होस् भन्ने चाहँदैनौं,’ उनले भने, ‘हामी कुनै पनि अवरोध, चुनौतीबाट बच्न हरसम्भव प्रयास गरिरहेका छौं र यदि मध्यस्थताबाट स्थिति समाधान हुन्छ भने हामी आगामी शनिबारसम्म बाँकी कैदीहरूलाई सुम्पन तयार नै छौं ।’

तर, इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासका सबै बन्धकहरूलाई रिहा गर्न सम्भावित ढिलाइलाई ‘युद्धविराम सम्झौताको पूर्ण उल्लङ्घन’ मानिने बताएका छन ।

images

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि गाजामा बन्दी बनाएका सबै बन्दी शनिबारसम्म फिर्ता नगरिए युद्धविराम खारेज गरिनु पर्छ, उनको यो धारणा पछि मध्यपुर्वमा तनाव थप बढने देखिएको छ ।

images

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पको भनाइलाई तुरुन्तै समर्थन गर्दै भने कि, यदि हमासले शनिबार दिउँसोसम्ममा हाम्रा बन्धकहरूलाई रिहा गरेनन भने गाजामा तीव्र लडाई सुरु गर्ने पक्षमा छन्।

 

images