नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको प्रधानमन्त्रीसँग छलफल (तस्बिर सहित)

 

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा आज छलफल गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा कार्यकारी प्रमुख सिनले नेपालमा ऊर्जा, पर्यटन, रेल्ले, सुरुङमार्ग, स्मार्ट सिटी, एक्प्रेस–वे आदि क्षेत्रमा परियोजना पहिचान, प्रस्तावना तयारी र लगानीको इच्छा प्रकट गरेको हो।

सिङ्गापुर सरकारको स्वामित्वमा रहेको विश्वव्यापी लगानीसम्बन्धी निकाय तेमासेकअन्तर्गतको उक्त कम्पनीले हाल नेपालमा कार्यालय स्थापना गरेर काम सुरु गरिसकेको छ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने क्रममा नेपालले विश्वका प्रतिष्ठित लगानीकर्तासँग सहयोग र सहकार्यका लागि आवश्यक सहजीकरणको वातावरण सृजना गर्ने बताए।

images

सिङ्गापुर विश्वमै छिटो विकास भएको मुलुकमा पर्ने जनाउँदै उनले सर्वना समूहको अनुभव र विज्ञता नेपालको विकास र उन्नतिका लागि उपयोगी हुन सक्ने विश्वास व्यक्त गरे।

images

यस्तै, उनले पैसाले मात्रै विकास नहुने तर पैसा आर्जनका लागि विकास आवश्यक भएकोमा आफूहरु स्पष्ट रहेकाले नेपाललाई विकसित बनाउने अठोटका साथ लागिरहेको बाए।

उनले भने, ‘म सरकारलाई वास्तविकरुपमा जनताको सरकारका रुपमा विकसित गर्न चाहान्छु। हामी भ्रष्टाचारका लागि कुनै काम गर्दैनौँ। देशलाई विकसित र जनतालाई सुखी बनाउनका लागि काम गर्छा। तपाईँहरुजस्ता विश्वव्यापी संस्थालाई लगानी विस्तार गर्नका लागि के कस्तो कानुनी र संरचनात्मक परिवर्तन आवश्यक छ, त्यो गर्न सरकारका तर्फबाट हामी तयार हुनेछौँ।’

images

भेटका अवसरमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सर्वना ग्रुपका प्रशासकीय प्रमुख सु मिन, नेकपा (एमाले) को केन्द्रीय सहरी विकास विभाग प्रमुख शेरबहादुर तामाङ, सर्वना ग्रुपका दक्षिण एसिया प्रमुख अभिनास मिश्रा, नेपाल प्रमुख विलास कोइरालालगायत सहभागी थिए।

 

Nepal life insurance