यी हुन हमासले रिहा आज गर्न लागेका तीन इजरायली

 

तेल अहिब, ३ फागुन । प्यालेस्टाइनी बिद्रोही समुहले आज ३ जना इजरायली बन्धक रिहा गर्ने भएको छ ।

इजरायलले गत महिना लागू भएको युद्धविराम सम्झौता अन्तर्गत बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको छैटौं आदानप्रदानमा शनिबार रिहा हुने तीन बन्धकहरूको नाम घोषणा गरेको हो।

इजरायलले शुक्रबार प्यालेस्टाइनी लडाकूहरूले अमेरिकी–इजरायली सागुई डेकेल चेन, रुसी–इजरायली अलेक्जान्डर ट्रोफानोभ र अर्जेन्टिनी–इजरायली इयर हर्नलाई रिहा गर्ने जानकारी दिएको हो ।

साथै, इजरायलले ३६९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको हमासको मिडिया कार्यालयले जनाएको छ।

ट्रोफानोभ ७ अक्टोबर २०२३ मा किबुट्ज नीर ओजबाट २७ वर्षको उमेरमा उनकी हजुरआमा, इरेना टाटी, उनकी आमा लेना ट्रोफानोभ र प्रेमिका सपिर कोहेनसँग अपहरणमा परेका थिए, जो सबै अघिल्लो सम्झौतामा रिहा भइसकेका छन ।

images

तर, हमासको सो आक्रमणको क्रममा उनका बुबा भिटाली भने मारिएका थिए। उनलाई अपहरण गर्ने प्यालेस्टिनी इस्लामिक जिहादले उनलाई कैदमा राखेका धेरै भिडियोहरू सार्वजनिक गरेको छ।

डेकेल चेन ३५ वर्षका थिए, जब उनी हमास आक्रमणकारीहरूबाट आफ्नो नीर ओजलाई बचाउन खोज्दा अपहरणमा परेका थिए। आक्रमणका क्रममा उनकी श्रीमती अविताल तेस्रो सन्तानलाई जन्म दिएकी थिइन् । उनको तेस्रो छोरीको जन्म उनी कैदमा हुँदा भएको थियो, जो डिसेम्बरमा भएको हो ।

images

४६ वर्षका हर्नलाई पनि नीर ओजबाट आफ्नो भाइ एइटानसँग पक्राउ गरिएको थियो, जो अझै कैदमा रहेका छन्।

गाजा युद्द विरामलाई लिएर हमास र इजरायलबीच यस हप्ताको विवाद पछि यो घोषणा आएको हो, हमासले इजरायली बन्धकहरूलाई कथित इजरायली उल्लङ्घनको कारण योजना अनुसार शनिबार रिहा नगर्ने बताएका थिए । तर, बिहीबार हमासले योजनाअनुसार बन्धकहरूलाई रिहा गर्ने बताए पछि इजरायलसँगको मतभेद समाधान भएको देखिन्छ।

images