अर्घाखाँचीकाे सन्धिखर्कमा निजी क्षेत्रको लगानीमा जन्मभुमि हस्पिटल ओैपचारिक रुपमा सन्चालनमा (तस्बिर सहित)

 

-अनिल नेपाली ,सन्धिखर्क अर्घाखाँची।

सन्धिखर्क,अर्घाखाँची – अर्घाखाँचीकाे सन्धिखर्कमा आज देखि निजी क्षेत्रको लगानीमा जन्मभुमि हस्पिटल ओैपचारिक रुपमा सन्चालमा आएकाे छ ।

हस्पिटलको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नु भएको हो।

May be an image of 7 people and temple

उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले अस्पताल स्थापनासँगै गुणस्तरीय तथा थप उपचारका लागि अब यस क्षेत्रका सर्वसाधारणले काठमाडौं, बुटवल लगायतका विभिन्न ठूला सहरमा गई चर्को मूल्यमा उपचार गर्नुपर्ने बाध्यता हट्ने बताउदै अस्पताल स्थापनाले यस क्षेत्रको विकासमा समेत टेवा पुग्ने बताएका थिए ।

May be an image of 2 people and text

कार्यक्रममा लुम्बिनि प्रादेशिक अस्पतालका फिजिसियन डा नन्दु पाठकले अस्पतालकाे स्थापना सगसगै चिकित्सक स्वास्थ्यकर्मी सवेदनशील भई बिरामीको सेवा गनु पर्ने बताएका थिए।

images

May be an image of 6 people

कार्यक्रममा अर्घाखाँची जिल्लामा रहेका गाउँपालिका नगरपालिका प्रमुख उप प्रमुख अध्यक्ष उपाध्यक्ष सराेकारवाला निकायका प्रमुख सुरक्षा निकायका प्रमुख सचारकर्मि राजनीतिक दलका प्रमुख व्यबसायी उधाेगी लगायतको सहभागीता रहेको थियोे ।

images

May be an image of 1 person and text

अस्पतालले आज उद्घाटनको दिन निःशुल्क रुपमा चेकजाँच गर्ने भएकाले ४०० बढी अर्घाखाँचीबासीले नाम दर्ता गराएको जन्मभूमि हस्पिटल अर्घाखाँची मार्केटिङ अधिकृत दुर्गा सुनारले बताएका छन् ।

images

May be an image of 9 people and temple

अस्पतालमा २४ सै घण्टा आकस्मिक सेबा , बहिरङ्ग तथा अन्तरंग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायतको सेवा रहेको अस्पतालका कार्यकारी प्रमुख डिल ब थापाले बताएका छन्।

May be an image of 6 people

थापाका अनुसार जिल्ला बासीलाई सेवा गर्नकाे लागि जिल्लामै अस्पताल स्थापना गरेको बताएका थिए अस्पतालमा हाल विभिन्न किसिमका सेवा उपलब्ध गराएको आगामी दिनमा याे सेवालाई थप बिस्तार गर्न अस्पतालका अध्यक्ष राम प पाेखेलले बताएका छन्।

Nepal life insurance

May be an image of 7 people and temple

३ कराेडकाे लगानीमा स्थापना भएको अस्पताल लाई आगामी दिनमा थप बिस्तार गर्ने बताएका छन्।