ट्रम्पजस्तै आप्रवासीप्रति अनुदार जर्मनीका भावी चान्सलर मेर्टेज

 

बर्लिन, १४ फागुन । जर्मनीमा तीन दिन अघि मात्रै सम्पन्न भएको निर्वाचनमा दक्षिणपन्थी पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो दल बनेको छ ।

अब सो पार्टीका नेता फ्रेडरिक मेर्ट्ज देशको नयाँ प्रमुख अर्थात् चान्सलर बन्न सक्ने जनाइएको छ, यद्दपी औपचारिक निर्णय भने हुन अझै बाँकी रहेको छ । यद्यपि मेर्ट्ज पार्टीका नेता हुन्, जुन पार्टीवाट यसअघि  एन्जेला मर्केल चान्सलर भइसकेकी छिन् तर मेर्ट्ज भने पुर्व चान्सलर मर्केल भन्दा धेरै नै आक्रामक मानिन्छन्। उनलाई अमेरिकाको ठूलो समर्थक मानिन्छ तर युरोप र युक्रेनका सम्बन्धमा ट्रम्पका पछिल्ला भनाइका कारण अब उनले अमेरिकाबाट टाढिने कुरा गरिसकेका छन् ।

यद्वपी, मेर्टज  र ट्रम्पबीच ठूलो समानता पनि छ । ट्रम्प जस्तै उनी पनि  ‘नेशन फर्स्ट’ भन्ने सोच्छन् । गैरकानुनी आप्रवासीहरूप्रति उनको दृष्टिकोण ट्रम्पको जस्तै कट्टरपन्थी रहेको छ, उनी आप्रावासी प्रति ट्रम्प जस्तै अनुदार रहेका छन् ।

जर्मन चुनावको नतिजा बाहिर आएपछि ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा भने, ‘जर्मनीमा कन्जरभेटिभ पार्टीले जित हासिल गरेको छ । अमेरिकाजस्तै जर्मनीका जनता पनि विचारहीन एजेन्डाबाट दिक्क थिए । विशेष गरी ऊर्जा र आप्रवासीको मुद्दामा। आज जर्मनीको लागि ठूलो दिन हो।’

ट्रम्पले मेर्ट्जको जितमा खुशी व्यक्त गरिरहँदा मेर्ट्जले जर्मनीले आफ्नो सुरक्षा प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । साथै, वासिङ्टन माथिको जर्मनीको लामो समय देखिको निर्भरता पनि अन्त्य गर्नुपर्ने जनाएका छन किनभने मेर्ट्ज युरोपको भविष्य प्रति ट्रम्पको लापरवाह दृष्टिकोणबाट दुःखी रहेका छन्।

‘मैले यस्तो केही बोल्नुपर्छ भन्ने लागेको थिएन, तर ट्रम्पको भनाइबाट यो स्पष्ट हुन्छ कि यो अमेरिकी सरकार युरोपको भविष्यप्रति उदासीन छ। मैले युरोपेली संघका धेरै प्रधानमन्त्री र सरकार प्रमुखहरूसँग कुरा गरेको छु। यस समयमा हाम्रो प्राथमिकता युरोपलाई बलियो बनाउनु पर्छ ताकि हामी अमेरिकाबाट स्वतन्त्रता र आत्मनिर्भरता प्राप्त गर्न सकौं,’ उनले भनेका छन् ।

images

अमेरिका र धेरै युरोपेली देशहरू जस्तै जर्मनीमा पनि ठूलो संख्यामा अवैध आप्रवासीहरू आउँछन्। यो समस्या समाधान गर्न मर्ट्जले अध्यागमन कानूनलाई कडा बनाउने प्रतिबद्दता जनाइसकेका छन् ।

images

जर्मनीमा मेर्ट्जको पार्टीले चुनाव जितेर पहिलो त भएको छ तर यो नै काफी भने छैन किनभने उनको पार्टीले ६३० मध्ये २०८ सिट मात्र पाएको छ भने सरकार बनाउन कम्तिमा ३१६ सिट आवश्यक छ। यस्तो अवस्थामा पार्टीले गठबन्धन सरकार बनाउनु पर्ने हुन्छ । यदी पार्टीले गठबन्धन सरकार बनाउन सफल भयो भने मेर्ट्ज चान्सलर बन्ने लगभग पक्का रहेको छ ।

 

images