अर्घाखाँची: सन्धिखर्क ७ खाँचीकाेटमा सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण (तस्बिर सहित)

 

-अनिल नेपाली,सन्धिखर्क ।

सन्धिखर्क- सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकाेट स्वास्थ्य चाैकीमा वितरण गरिएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकाेट स्थित आधारभूत स्वास्थ्य केन्द्रमा रहेका ३० जना सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको हो । वडा न ७ भित्र रहेका सुनौला हजार दिनका सुत्केरी भएका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण कार्यक्रममा गरिएको हो ।

May be an image of 9 people and tree

सुत्केरी भएका आमाहरुले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम आफ्नो वडामा गरिएको वडा अध्यक्ष सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसीले जानकारी दिए ।

May be an image of 13 people and text

आमालाई पोषण समाग्री वितरण कार्यक्रममा १ क्रेटका दरले अण्डा, १ किलो चना, नुन सागर साबुन दिइएको हो । त्यस्तै उनीहरुलाई सरसफाई ध्यान दिन आग्रह गर्दै साबुन समेत वितरण गरिएको छ ।

images

May be an image of 12 people and text

उक्त कार्यक्रम गरी पोषण खानेकुरा वितरण गर्न थालेपछि सुत्केरी भएका आमा तथा उनीहरुका घरपरिवार निकै खुशी भएकाे आफुहरूलाई स्थानीय सरकारकाे अनुभुती भएको हजार दिनकाे आमा आशा जिसिले बताईन्।

images

May be an image of 9 people and tree

मातृशिशुको चौतर्फी वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेको र कुपोषणको शिकारबाट आमा र बच्चालाई जोगाउन पोषणको मात्रा कमी हुन दिन नहुने र बालबािलकाको पोषण स्थितिमा सुधार ल्याउन पोषणयुक्त खाद्य सामाग्री वितरण गरेको वडाअध्यक्ष केसीले बताए ।

images

May be an image of 8 people and text

कार्यक्रममा वडा सचिव सीता बिसि पराजुलि वडा सदस्य डुकलाल पाेखेल , पुष्पा नेपाली लगायतले मन्तब्य राख्नु भएको थियोे।

May be an image of 6 people and text

कार्यक्रम खाँचीकाेट स्वास्थ्य चाैकी प्रमुख प्रेमचन्द् विककाे सञ्चालनमा सम्पन्न भएको थियोे ।कार्यक्रममा महिला स्वयमसेविका सञ्चारकर्मी लगायतकाे सहभागीता रहेको थियोे।

Nepal life insurance

थप तस्बिर:

May be an image of 12 people and text

May be an image of 4 people and text

May be an image of 4 people and text

May be an image of 8 people, spring greens and text

May be an image of 6 people and text