एमडीएमएस खरिद प्रकरणमा दिगम्बर झासहित ३ जना र ३ कम्पनी दोषी ठहर

 

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा सहित ३ जना व्यक्ति र ३ विदेशी कम्पनी दोषी ठहर भएका छन्

बिशेष अदालतका अध्ययक्ष टेकनारायण कुँवर, रितेन्द्र थापा र बिदुर कोइरालाको संयुक्त इजलासले झासहित तत्कालीन अर्का अध्यक्ष पुरुषोत्तम खनाल र बिदेशी नागरिक मोद नुर अमिन बीन मोद नुर खानलाई एक–एक वर्ष कैद सजाय गर्ने फैसला गरेको हो ।

यी ३ जनासँगै न्यूमेरा (एम) एसडीएनबीएचडी मलेसिया, नमस्ते ग्लोबल कम्पनी प्राइभेट लिमिटेड सिंगापुर, ओएसआई डिजिटल प्राली इण्डिया जेभीलाई संयुक्त रुपमा २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ बिगो तथा त्यति नै जरिवान पनि भराउने फैसला गरेको छ । बिगो र जरिवाना जोड्दा सबैले संयुक्त रुपमा ४६ करोड ४१ लाख १८ हजार ६२८ रुपैयाँ तिर्नुपर्ने फैसला भएको छ ।  झा र खनाल संस्थाको अध्यक्ष भएकाले उनीहरु दुबै जनालाई एक महिना थप कैद सजाय हुने ठहर भएको छ ।

अन्य प्रतिवादी प्राधिरकणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाला हाडा, मिनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, संदिप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सुर्यप्रसाद लामिछाने, प्रतिक्षा पौडेल, विजयकुमार राय र निराजन कोइरालाले भने सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्ष अघि २०८० चैत १५ मा प्राधिकरणका तत्कालिन अध्यक्ष झा सहित २० जनालाई प्रतिवादी बनाएर बिशेष अदालतमा भ्रष्टाचारको अभियोगमा  ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

images

 

images