फेरी फिल्म बनाउँदै कपिल शर्मा, चम्केला त करिअर

 

मुम्बई, १९ चैत । कमेडी किंग कपिल शर्मा फेरि एकपटक फेरी चलचित्रमा फर्किने भएका छन् । उनको सुपरहिट फिल्म ‘किस किसको प्यार करूँ’ को सिक्वेल ‘किस किसको प्यार करूँ २’आउन लागेको छ । फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ, जसमा कपिल एक मिस्ट्री गर्लसँग देखिएका छन् ।

लामो समयपछि कपिलले कुनै फिल्ममा मुख्य भूमिका खेल्न लागेकालाई लिएर दर्शकमा कौतुहलता छ तर ठूलो प्रश्न यो छ– ‘किस किसको प्यार करूँ २’ बाट कपिलले फ्लप फिल्मी करियरलाई पार लगाउने छन त ?

 

कपिलले २०१७ मा ‘फिरंगी’ बनाएका थिए, जुन उनको पहिलो निर्माण फिल्म थियो। यसपटक उनले आफ्नो सिग्नेचर कमेडीबाट टाढा सरेर गम्भीर कथा रोजे तर यो प्रयोग कुनै सफल हुन सकेन । करिब २५–३० करोडको बजेटमा बनेको यो फिल्मले जम्मा १० करोड मात्रै कमाउन सकेको थियो ।

यो असफलताले कपिलको व्यावसायिक र व्यक्तिगत जीवनमा प्रभाव पारेको थियो । उनको स्वास्थ्य बिग्रियो, उद्योगबाट टाढिए र मदिराको लत पनि लागेका थिए । हालत यति खराब भयो कि उनको लोकप्रिय शो ‘द कपिल शर्मा शो’ पनि केही समयका लागि बन्द गर्नुपरेको थियो।

images

रजत शर्मासँगको अन्तर्वार्तामा कपिललाई ‘फिरंगी’मा यति धेरै पैसा किन लगानी गरेको भनेर सोध्दा उनले रमाइलो जवाफमा भने– ‘अलि धेरै भयो सर, बैंक ब्यालेन्स थियो, सोचेँ, लगानी गरौं । त्यो फिल्म मेरो सम्पूर्ण हृदयले बनेको थियो, मैले त्यो प्रक्रिया धेरै रमाइलो गरें। मान्छेले गल्ती गरेर मात्र सिक्छ। तर पनि फिल्म गरि रहनेछु।’

कपिलको कमब्याक त्यति सजिलो थिएन । ‘फिरंगी’ पछि उनले ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ गरे तर यो शो लामो समय टिक्न सकेन र चाँडै बन्द भयो। यसपछि कपिलले २०२२ मा नेटफ्लिक्समा स्ट्यान्डअप स्पेशल ‘आई एम नट डन यट’ ल्याए, जसले राम्रो प्रतिक्रिया पाएको थियो ।

images

यसपछि ‘द ग्रेट इन्डियन कपिल शो’ आयो, जसका दुवै सिजन हिट भएका थिए। यसमा रणवीर कपूर, अक्षय कुमार, दिलजीत दोसांझ, आमिर खान जस्ता ठूला स्टारहरू देखिएका थिए र दर्शकले पनि यो शोलाई मन पराएका थिए। तर, फेरी फिल्लमा फर्किन लागेका कपिल शर्माले प्रगति गर्लान त ? त्यो भने हेर्न बाँकी नै छ

images