कोरी बुकर, जसले लगातार २५ घण्टा भाषण गरेर ६८ बर्ष पुरानाे रेकर्ड ताेडे

 

काठमाडाैं, २१ चैत । अमेरिकी राजनीतिमा नयाँ इतिहास रच्दै डेमोक्रेटिक सिनेटर कोरी बुकरले २५ घण्टाभन्दा बढी भाषण दिएर ६८ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।

यो ऐतिहासिक उपलब्धिपछि उनको चर्चा विश्वभर भइरहेको छ । बुकरको भाषण सामान्य थिएन। आउनुहोस् तपाईलाई बुकरको बारेमा बताउने छाैं ।

खासमा ५५ वर्षीय कोरी बुकरको जन्म वाशिंगटन, डीसीमा भएको थियो तर पछि उनी न्यू जर्सीमा सरेका हुन । उनी कालो परिवारबाट आएका थिए र बाल्यकालमा जातीय भेदभावको सामना गर्नु परेकाे थियाे । येल ल स्कूल र स्ट्यानफोर्ड विश्वविद्यालयबाट शिक्षा प्राप्त गरे पछि उनले गरिबहरूलाई कानुनी सहायता प्रदान गर्ने वकिलको रूपमा काम गर्न सुरू गरे ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले न्यूयोर्कका सार्वजनिक विद्यालयलाई १० करोड डलर सहयोग गरे पछि कोरी बुकरले राष्ट्रिय ब्यक्तित्वकाे मान्यता पाएका हुन । यो घटनाले उनलाई डेमोक्रेटिक पार्टीको उदाउँदो तारा बनायो।

images

२०१३ मा वर्तमान सिनेटर फ्रान्क लाउटेन बर्गको मृत्यु पछि बुकरलाई अमेरिकी सिनेटको लागि मनोनयन गरिएको थियो। विशेष चुनावमा सिनेटमा निर्वाचित भएका हुन् । त्यसपछि उनले २०१४ मा पूर्ण समय कार्यकाल जिते र २०२० मा पुनः निर्वाचित भएका थिए। अहिले उनले ६८ वर्ष पुरानो कीर्तिमान तोडेका छन, जुन यसअघि दक्षिण क्यारोलिनाका पूर्व सिनेटर स्टर्म थर्मन्डले राखेका थिए। १९५७ मा स्टर्म थर्मन्डले नागरिक अधिकार कानूनको विरोधमा लगभग २४ घण्टा बोलेर रेकर्ड बनाएका थिए ।

तर अब कोरी बुकरले यो कीर्तिमानलाई पछाडि छाडेका छन ।  र, २५ घण्टाभन्दा बढी भाषण दिएर उनलाई अमेरिकी राजनीतिमा नयाँ इतिहास रचेका छन ।

images

 

images