आजको राशिफल: आज २०८१ साल चैत २४ गते आइतबार चैत शुक्ल पक्षको नवमी तिथि ,रामनवमी व्रत, राम जन्मजयन्ती, तदनुसार सन् २०२५ अप्रिल ६ तारिख।

 

आज २०८१ साल चैत २४ गते आइतबार चैत शुक्ल पक्षको नवमी तिथि।

Nepal life insurance

रामनवमी व्रत। राम जन्मजयन्ती। तदनुसार सन् २०२५ अप्रिल ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। 

 

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। मनमा उत्साह बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

वृष : दिन राम्रो छ। बोलीमा सुधारको खाँचो देखिन्छ। व्यापारमा सहभागी भएर अगाडि बढेमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीमा सुधार हुनेछ। राजनीतिमा भने विपक्षीको अवरोधको सामना गर्नुपर्ने हुनसक्छ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सञ्चित धनको सदुपयोग गर्नुपर्नेछ। गोप्य कुरा परिवारभित्र पनि सार्वजनिक गर्नु राम्रो हुनेछ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ।

कर्कट : तपाईंको राशिमा चन्द्रमाले भ्रमण गर्दैछन्। मनमा शान्ति मिल्नेछ। सोचेको काम बन्नेछ। साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

images

सिंह : दिन सामान्य छ। तपाईंले गरेको कामबाट अरुले फाइदा लिने जोखिम छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : दिन राम्रो छ। भूमि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। साथीभाइको सहयोग प्राप्त हुने समय भएकाले आफ्नो काम गर्न सक्ने समय छ। उपचारमा भए स्वास्थ्यले साथ दिनेछ। धार्मिक क्षेत्रमा मिहिनेत नगर्नु राम्रो हुनेछ।

images

तुला : संकटमा परेको व्यवहारमा सुधारका संकेत देखा पर्नेछन्। मनमा सकारात्मक सोच बढ्नेछन्। अरुलाई क्षमा दिने सोचको विकास हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारमा खटपटीका संकेत देखिनेछन्।

वृश्चिक : धार्मिक भ्रमणको तय हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। राजनीतिक दाउपेचमा शंका बढ्ने भएकाले सचेत बन्नुपर्नेछ। परिवारबाट सुख र शान्ति मिल्नेछ।

images

धनु : दिन सामान्य छ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ। एकल यात्रामा जोखिम बढ्नेछ। स्वास्थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा साथीहरुले नै घेराबन्दीमा पार्ने जोखिम छ। बौद्धिक साथी विपक्षी कित्तामा पुग्दा अप्ठेरो परिस्थिगति बन्ने जोखिम छ।

मकर : दिन राम्रो छ। अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्नेछ। राजनीतिक निर्णय तपाईंको पक्षमा हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : साना कुराले मन अशान्त बन्नेछ। आफन्तले तपाईंका काममा अवरोध गर्नेछन्। मध्य साढेसातको प्रभाव रहेको छ। शनिदेव जन्म कुण्डलीको ३, ६ र ११ औं स्थानमा भए महत्त्वपूर्ण काम बन्नेछ।

मीन : शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बोलीमा सरस्वतीको बास भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

Nepal life insurance

Nepal life insurance