इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

 

तेहरान, ८ फागुन । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पको धम्की पछि इरान र अमेरिकाबीच परमाणु वार्ता सुरु भएको छ ।

Nepal life insurance

पछिल्ला केही महिनायता बढेको तनावका बीच ओमानले यी वार्ताहरू मध्यस्थता गरिरहेको छ, जुन हार्दिकतापुर्ण र सफलताको दिशातर्फ लम्किरहेको देखिएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्तालाई ‘रचनात्मक’ भन्दै आगामी हप्तामा थप बैठक गर्ने जानकारी दिएका छन । बिदेशमन्त्री अरघाचीले आगामी दिनमा प्राविधिक विज्ञहरुको बैठक बस्ने बताउँदै यस बैठकबारे थप विवरण नदिई अर्को चरणको वार्ता अप्रिल २६ मा  ओमानमा हुने जानकारी दिएका छन्।

यस वार्तामा अमेरिकाको सर्त इरानले आणविक हतियार बनाउनु हुँदैन भन्ने रहेको छ भने इरानले यस सम्झौताका लागि अमेरिकालाई प्रतिबन्ध हटाउने शर्त राखेको छ ।

वार्ताको नेतृत्व अमेरिकाको तर्फबाट विटकफ र इरानको तर्फबाट अराघचीले नै यसअघि गरेका थिए । इटालीको राजधानीमा अरघाचीले वार्ता सकारात्मक भएको बताएका छन् । त्यसपछि मध्यपूर्वमा बढ्दो तनावको चिन्ता केही समयका लागि कम भएको छ किनभने अमेरिकासँगै इजरायल पनि इरानको आणविक कार्यक्रमबाट खतरा महशुश गरिरहेको छ ।

images

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै शनिबार रोममा भएको बैठकमा ‘धेरै राम्रो प्रगति’ भएको र अर्को हप्ता थप वार्ता हुने बताएको छ।

images

‘रोममा अपेक्षाकृत सकारात्मक वातावरणले सम्भावित सम्झौताको सिद्धान्त र उद्देश्यहरूमा प्रगतिलाई सक्षम बनाएको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन, ‘विज्ञ स्तरको ट्रयाकको प्रारम्भिक विवरणहरू सेयर  गर्ने उद्देश्यले आगामी दिनहरूमा सुरु हुनेछ। त्यस पछि हामी न्याय गर्न राम्रो स्थितिमा हुनेछौं, अहिलेको लागि, आशावादी भने हुन सक्छौं तर केवल धेरै सावधानीका साथ।’ उक्त बैठकको बारेमा अमेरिकाले अहिलेसम्म कुनै आधिकारिक जानकारी भने दिइसकेको छैन् ।

images

ओमानको मध्यस्थताबाट अमेरिका र इरानजस्ता कट्टरपन्थी मुलुकले एकअर्कासँग वार्ता गर्न सम्भव भएको हो । ओमानले यस अघि इरान र अमेरिकाबीच मध्यस्थता गर्दै आएको थियो। इरानी अधिकारीहरूले भने कि प्रतिनिधिमण्डल रोमस्थित इरानी दूतावासको छुट्टै कोठामा बसेको थिए।

ओमानी विदेशमन्त्री बद्र अल–बुसैदीले उनीहरूबीच सन्देश आदानप्रदान गरिरहेका थिए। यदि यी वार्ताका क्रममा अमेरिकाबीच आणविक सम्झौता भयो भने यो ओमानको लागि ठूलो कूटनीतिक विजय हुनेछ। उ मध्यपुर्वमा शान्तिको बहाकको रूपमा उभिनेछ ।

खासमा दुई शत्रु देशलाई शान्तिका लागि मञ्च प्रदान गर्ने कतार–साउदी पछिको अब तेस्रो अरब राष्ट्रका रूपमा ओमान विश्वसामु उभिन सक्छ । गाजा विवादमा कतार मध्यस्थकर्ता बनेको छ भने साउदी अरेबियाले युक्रेन–रुस युद्धविराममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

 

Nepal life insurance

Nepal life insurance