भारत : जम्मु-कश्मीर आतंकवादी हमलामा १ नेपाली पनि मारिए

 

भारत – जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एकजना नेपाली पनि परेका छन्।

Nepal life insurance

दैनिक भास्करकारका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ।

जम्मु-कश्मीरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो।

हमलामा एक नेपालीसहित २७ जना मारिएका हुन्। तिनमा यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दैनिक भास्करले दिएको मृतक र घाइतेको सूची यस्तो छ:

मृतकको नाम: १. मनुज नाथ (कर्नाटक) २. शिवम मोगा (कर्नाटक) ३. लेफ्टिनेन्ट विजय नरवाल (हरियाणा) ४. शुभम द्विवेदी (युपी) ५. दिलीप देसले (महाराष्ट्र) ६. अतुल मोहने (महाराष्ट्र) ६. अतुल मोहने (महाराष्ट्र) सईदना शाह (७) नेभपाने (नेपाल) ९. बिटन अधिकारी उध्वनी कुमार (युएई) १२. सञ्जय लेले १३. हिम्मत कलाथी १४. प्रशान्त कुमार १५. मनिष रञ्जन (हैदराबाद) १६. रामचन्द्रन १७. शालिन्दर काल्पिया १८. दिनेश मिरानिया (१८)

घाइतेहरुको नाम: १. विनो भट्ट (गुजरात) २. एस बालचन्द्रु (महाराष्ट्र) ३. अभिजवन राव (कर्नाटक) ४. सन्त्रु (तमिलनाडु) ५. सहसी कुमारी (ओरिसा) ६. डा परमेश्वर ७. माणिक पाटिल ८. रिनो पाण्डे  – NK

images

Nepal life insurance

 

images