अर्घाखाँची : पँधेरामा जादा २२ बर्षिया प्रितिलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरे , घाइतेको सन्धिखर्कमा उपचार हुदै (तस्बिर सहित )

 Nepal Life

 

अनिल नेपाली ,अर्घाखाँची  ।

मालारानी , अर्घाखाँची – अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वडा नं ४ निगालीटोल बस्ने २२ बर्षिया प्रिति बिकलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छन् ।

May be an image of 3 people, plaits, people smiling and hospitalNepal life insurance

बुधबार बिहान धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय डिलाराम रिजालले बिकलाई निर्घात कुटपिट गरेका हुन् ।रिजालको कुटाईबाट सख्त घाइते भएकी बिकको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भइरहेको छ ।

May be an image of 1 person and hospital

उपचारमा संलग्न चिकित्सक अनुसार बिकको शरिरमा थुप्रै लिडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका थुप्रै चोट छन् ।रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै बिकलाई गाली गलौज गरेका थिए ।

May be an image of 2 people, people smiling and tree

‘मेरो जग्गामा भएको पँधेरामा तिमीहरुले पानी भर्न पाउँदैनौँ । अबदेखि यो मन्दिरदेखि तल झरेर पानी लिन आउने होइन,’ भन्दै बिकमाथि जाइलागेको स्थानीयले बताए ।

images

May be an image of 1 person, tick and acupuncture

रिजालले बिकलाई लठ्ठी र मुक्का प्रहार गरि निर्घात कुटपीट गरेका थिए । रिजाललाई प्रहरीले पीडितको उजुरीका आधारमा तत्काल पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए । उनले भने, ‘पीडकलाई पक्राउ गरिएको छ ।

images

May be an image of 1 person, smiling and hospital

उनीमाथि अनुसन्धान भइरहेको छ ।’ पीडितको जाहेरीका अधारमा हातपात, गाली बेइजत्ती तथा अभद्र ब्यवहार सम्वन्धि मुद्धमा पीडकलाई कारवाही हुन सक्ने उनले बताए का छन् ।

images

May be an image of 1 person and hospitalMay be an image of 1 person, tick and acupuncture

Nepal life insurance