बराबरीमा रोकिए बायर्न र लाइपजिग

Nepal Life

 

काठमाडौं, २१ बैशाख । बार्यन म्युनिख र आरबी लाइपजिगले जर्मन बुन्डेस लिगा बराबरीमा रोकिएका छन् । दुबै टोलीले शनिबार राती भएको खेलमा ३–३ गोलको बराबरी खेलेका हुन ।

Nepal life insurance

रेडबुल एरिनामा पाहुना टोली बायर्नका लागि एरिक डियर, माइकल ओलिसे, लिरोय सानेले गोल गरेका थिए भने लाइपजिगका लागि बेन्जामिन सेस्को, लुकास क्लोस्टरम्यान, युसुफ पोल्सेनले पनि उही समान गोल गरेर खेल बराबरी बनाएका हुन् ।

खेलको ११औं मिनेटमा सेस्कोको गोलमार्फत लाइपजितले अग्रता लिएको थियो भने पहिलो हाफको ३९औं मिनेटमा क्लोस्टरम्यानले टोलीको अग्रता दोब्बर बनाउन सफल भयो ।

तर, दोस्रो हाफमा एक मिनेट भित्र नै दुई गोल गर्दै बार्यन खेलमा फर्किएको थियो । डियरले ६२ र ओलिसेले ६३ औं मिनेटमा गोल गर्दा खेल २–२ को बराबरीमा आयो ।

उता, सानेले ८३ औं मिनेटमा गोल गर्दा बार्यले ३–२ ले अगाडि बढ्यो । इन्जरी समयमा पोल्सेनले गोल गर्दै लाइपजिगलाई हारबाट जोगाउन सफल भए ।

यो नतिजासँगै ३२ खेलमा ७६ अंक जोडेको बायर्न शीर्ष स्थानमा कायम रहेको छ भने लाइपजिग समान खेलबाट ५० अंकका साथ पाँचौं स्थानमा छ ।

 

Nepal life insurance