लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

Nepal Life

 

रियो दि जेनेरियो, २२ बैशाख । कोपाकाबाना समुद्र तटमा निः शुल्क लेडी गागा कन्सर्टमा २० लाख भन्दा बढी प्रशंशक जम्मा भएका छन् ।

साे सहरका अधिकारीका अनुसार भीड नियन्त्रण गर्न प्रहरीलाइ हम्मे हम्मे परेकाे थियाे ।

Nepal life insurance

पप स्टारको सबैभन्दा ठूलो कन्सर्टको लागि रियोको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने प्रयासमा सहरले उनकाे भुक्तानी गरेको थियो। स्थानिय सरकारका अनुसार लेडी गागाकाे कन्सर्टले काेपाबानामा ७५ मिलियन अमेरिकन डलर बराबर काराेबार भएकाे छ।

शनिबारको प्रदर्शन लेडी गागाको आठौं एल्बम मेहेमको लागि प्रचार भ्रमणको एक हिस्साकाे रूपमा थियो । जसमा ‘अब्राका डाब्रा’ र ‘डाई विथ ए स्माइल’ लगायतका गीतहरू समावेश रहेका छन ।

उनले पछिल्लो पटक सन् २०१२ मा ब्राजिलमा प्रदर्शन गरेकी थिइन् । त्यसकाे १४ बर्ष पछि उनी ब्राजिलमा कन्सर्ट गर्न पुगेकी हुन् ।

images

उनका केही फ्यानहरूले गागालाइ ‘लिटिल मोन्स्टर्स’ भन्दै बिहान सबेरै देखी लाममा बस्न सुरु गरेका थिए । साे समुद्र तटमा पहुँच प्राप्त गर्नका लागि बिहानै देखी लामो लाइन लागेर पर्खिरहेका थिए ।

साे कन्सर्टकाे सुरक्षाका लागि  ५००० प्रहरी अधिकारीहरू ड्युटीमा खटिएका थिए भने हरेक सहभागी  मेटल डिटेक्टरहरूबाट गुज्रनु परेकाले ठूलो सुरक्षा अपरेशन गरिएको थियो। अधिकारीहरूले घटनामा पुलिसलाई मद्दत गर्न ड्रोन र अनुहार पहिचान क्यामेराहरू पनि प्रयोग गरेका थिए ।

images

लेडी गागा रियोमा निस्शुल्क कन्सर्ट गर्ने पहिलो गायिका भने होइनन्। म्याडोनाले मे २०२४ मा कोपाकाबाना बिचमा कन्सर्ट गरेकी थिइन्, जसको लागि पनि साे सहरले  पहिला नै म्याडाेनालाइ पैसा तिरेको थियो।

images

 

Nepal life insurance