नयाँ दिल्लीमा नेपाली महिला क्रिकेट टोलीले हात पारयो जीत

Nepal Life

 

काठमाडौं, २३ बैशाख ।  नेपाली महिला क्रिकेट टोलीले अभ्यास शृंखलामा जित निकालेको छ ।  मंगलबार भारतको नयाँ दिल्लीमा भएको आरपिसिए गर्ल्ससँगको दोस्रो अभ्यास तथा अन्तिम अभ्यास खेलमा नेपाल ४ रनले विजयी भएको हो ।

Nepal life insurance

नेपालले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको आरपिसिएले २० ओभर ६ विकेट गुमाएर जम्मा १२५ रन मात्र बनाए पछि नेपाल दोस्रो खेलमा बिजयी भएको हो ।

आरपिसिएकी नजमा खानले अविजित ४७, वारुले २९, मान्वीले २० रन बनाएका थिए भने नेपालका लागि पूजा महतोले २ तथा कविता कुँवर, शवनम राई र रिया शर्माले समान एक एक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि राजमती ऐरीले सर्वाधिक २९ रन बनाउँदा रुबी पोदारले २०, कविता जोशीले अविजित १९, कविता कुँवरले १८, पूजा महताले १६ र कप्तान इन्दु बर्माले १५ रन बनाउन सफल भएका थिए ।

नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरुप दिल्लीका टोलीसँग अभ्यसा शृंखला खेलेको हो । अब टोली दिल्लीबाट सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड जाने छ । विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

 

Nepal life insurance