गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो

Nepal Life

 

गाजा, ३ जेठ । इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ५३ हजार नाघेको छ ।

आफ्ना बन्दी छुटाउन र हमासलाई पत्ता साफ गर्ने उदेश्यसहित इजरायलले ७ अक्टोबर २०२३ देखी सुरू गरेको युद्दको नाममा ५३ हजार बढी निर्दोष प्यालेस्टाइनीको हत्या गरिएको हो ।

इजरायलले एन्क्लेभको विजय योजना अनुसार आफ्नो बमबारीलाई तीव्र पार्दा गाजामा हवाई आक्रमणमा हिजो मात्रै पनि सयौं मानिसहरूको मृत्यु भएको बताइएको छ। गाजाको सिभिल डिफेन्स एजेन्सीले रातभर इजरायली हमलामा कम्तिमा ५० जनाको मृत्यु भएको र अघिल्लो दिन १४३ जना मारिएको जानकारी दिएको छ ।

त्यसको प्रतिक्रियामा हमासले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई ‘बर्बरिक’ भन्दै जवाफदेही बनाउन आह्वान गरेको छ। इजरायली सेनाले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन।

यस हप्ताको सुरुमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा शासन गर्ने प्यालेस्टिनी सशस्त्र समूह हमासलाई नष्ट गर्ने आफ्नो लक्ष्यको पछ्याउँदै प्रतिज्ञा गरेका थिए । जस पछि थप हवाई र स्थल हमला तिब्र पारिएको छ।

images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको आफ्नो भ्रमण पूरा नगरेसम्म हमासले बाँकी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गर्न असफल भएमा नेतन्याहूले गत हप्ता सैन्य अभियान तीव्र पारिने घोषणा गरे पछि यो तिब्रता आएको हो ।

images

पछिल्लो तथ्यांक अनुसार गाजामा इजरायलको युद्धमा कम्तिमा ५३ हजार १० प्यालेस्टिनी मारिएका छन्  भने १ लाख १९ हजार९ सय १९ जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटमा जनाइएको  छ।

तर, स्ट्रिपको सरकारी मिडिया कार्यालयले आफ्नो मृत्युको संख्या ६१ हजार ७ सय भन्दा बढीमा अद्यावधिक गरेको छ , उसको तर्क छ अझै पनि हजारौं प्यालेस्टाइनी ग्नावशेषमुनि हराइरहेकाले अन्य हजारौंको मृत्यु भएको अनुमान गरिएको छ।

images

अक्टोबर ७, २०२३ मा इजरायलमाथी हमासले गरेको आक्रमण पछि यो युद्ध सुरु भएको हो, जसमा लगभग १२ सय इजरायलीहरू मारिएका थिए भने लगभग २५४ लाई बन्दी बनाइएको थियो।

 

Nepal life insurance

 

Nepal life insurance