प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता जेठ १० देखि जिरिखिम्तीमा

Nepal Life

 

पथरी –  मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्ती खेल मैदानमा प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी जेठ १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने छ।

Nepal life insurance

कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समूहको आयोजनामा हुने टि-२० फर्म्याटको प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका १६ वटा क्रिकेट टोली सहभागी हुनेछन्। प्रतियोगितामा दैनिक दुई खेल सञ्चालन गरिने छ।

प्रतियोगिताको बिजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने उपबिजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, उदयमान खेलाडी तथा सर्वश्रेष्ठ खेलाडीलाई पनि नगदसहित ट्रफीबाट पुरस्कृत गरिने छ।

प्रतियोगिताको उद्घाटन भव्य समारोहसहित जेठ १० गते गरिने आयोजकले जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा समूहका सचिव प्रेम केडीले प्रतियोगिता आयोजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा आयोजक टोलीको जर्सी समेत सार्वजनिक गरिएको थियो।

प्रतियोगिता सञ्चालनका लागि ३ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने समूहका अध्यक्ष सागर थापाले जानकारी दिए।

स्थानीय डाँस मोरङ सामुदायिक वन मुख्य प्रायोजक रहेका छन् भने ग्लोबल भुटानीज अर्गनाइजेसन सह–प्रायोजक रहेका छन्। पत्रकार सम्मेलनमै प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको थियो।

 

Nepal life insurance