अर्घाखाँची: स्वर्गीय बुवा र छोराहरूको स्मृतीमा मनिराम पान्डेद्वारा प्रतीक्षालय निर्माण, जन्मदिनको अबसरमा उद्घाटन (तस्बिर सहित )

 

-हृदय भुसाल ,अर्घाखाँची  ।

अर्घाखाँची  ।  भुमिकास्थान नगरपालिका वडा न १० निवासी सफल युवा व्यावसायि,सामाजिक ब्याक्तित्व मनिराम पान्डे र रिता पान्डेले धन्चौर स्थित स्वास्थ्य चौकीको नजिक प्रतीक्षालय निर्माण गर्नु भएको छ ।

May be an image of textNepal life insurance

स्वर्गीय बुवा घनश्याम पान्डे र छोराहरू डुन्डिराज र प्रबीणको सम्झनामा प्रतीक्षालय निर्माण गर्नु भएको हो । सामाजिक कार्य एबम सधैं सबैलाई सहयोग गर्ने,गरिब दुखीको सहयोग गरिरहने,सेवा भाव बोक्नु भएका मनिराम पान्डेले यस्ता सामाजिक कार्यक्रम बिगत देखी नै गर्दै आउनु भएको छ ।

May be an image of 12 people and text

धन्चौरको मुख्य चोकमा प्रतीक्षालय निर्माण गर्दा धेरै उपयोगी हुने र आफुलाई पनि छोराहरु र बुवाको सम्झनामा निर्माण गर्दा मन सन्तोष हुने भएकोले जति नै खर्च लागे पनि पबित्र मनले प्रतिक्षालय निर्माण गरेको मनिराम पान्डेले बताउनु भयो।

आज २०३६ खालमा जन्मनु भएका पान्डेले ४६ औं जन्मदिनको अबसर पारी प्रतीक्षालयको एक कार्यक्रमका बिच पत्रकार हृदय भुसालले उद्घाटन गर्नु भएको छ । पत्रकार भुसालले उद्घाटन गर्दै यस्तो सामाजिक कार्य सबैका लागी प्रेरणादायी हुने र प्रतीक्षालय महत्त्वपूर्ण ठाउँमा निर्माण भएको हुँदा निकै उपयोगि हुने बताउनु भयो ।

images

May be an image of 13 people and text

उद्घाटन कार्यक्रममा सामाजिक तथा राजनीतिक ब्यक्तित्व तारापती भट्टराई,सामाजिक ब्यक्तित्व जेष्ठ नागरिक शालिकराम पान्डे,सामाजिक ब्यक्तित्व, धर्मराज

images

May be an image of 2 people and people smiling

भट्टराई,डिलाराम पान्डे,यमलाल भट्टराई,टामकला गैरे,टान प्रसाद भट्टराई लगायत सुपादेउराली आमा समुहको सम्पुर्ण टिम सहितको ब्यक्तिहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

images

 

Nepal life insurance