कोलकोतामाथि सनराइजर्स हैदरावाद ११० रनले विजयी

 

काठमाडौं । सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।

Nepal life insurance

गएराती सम्पन्न आइपिएल अन्तर्गतको खेलमा सनराइजर्सले कोलकोतालाई ११० रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २७९ रनको लक्ष्य पछाएको कोलकोताले १८.४ ओभरमा अलआउट हुदै १६८ रन बनाएको थियो । कोलकोताका लागि मनिष पाण्डेले सर्बाधिक ३७ रन बनाएका थिए भने हर्षित रानाले ३४ रन, सुनिल नारानले ३१ रन बनाएका थिए । त्यस्तै सनराइजर्सका बलर जयदेव उनादकट, एशान मालिंगा र हर्ष दुवेले ३-३ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ३ विकेट गुमाउदै २७८ रन बनाएको थियो । सनराइजर्सका लागि हेइनरिक क्लासेनले ३९ बलमा अविजित १०५ रन बनाएका थिए भने ट्राभिस हेडले ७६ रन बनाएका थिए । त्यस्तै अभिषेक शर्माले ३२ र इशान किशनले २९ रन बनाएका थिए ।

यो जितपछि सनराइजर्सले १४ खेलमा १३ अंक हासिल गरेर छैटौ स्थानमा रहेर आफ्नो सिजनको अन्त्य गरेको छ । त्यस्तै कोलकोताले १४ खेलमा १२ अंक हासिल गर्दै यो सिजनको अन्त्य गरेको छ ।

त्यस्तै आज प्लेअफमा पुगेका मुम्बई इण्डियन्स र पञ्जाव किंग्सबीच खेल हुदै छ ।

 

Nepal life insurance