दोस्रो विश्वयुद्द पछि पहिलो पटक जर्मन सेना अन्य देशमा तैनाथ

 

बर्लिन, १२  । दोस्रो विश्वयुद्धमा पराजय भएको जर्मनीले पहिलो पटक जर्मनी बाहिर आफ्नो सेना तैनाथ गरेको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) को पूर्वी भागको रक्षा गर्नका लागि युरोपियन मुलुक लिथुआनियामा बर्लिन ब्रिगेड पठाएका हुन् ।

Nepal life insurance

जसको बातावरण बनाउनका लागि उनले यसै साता लिथुआनियाको भ्रमणसमेत गरेका थिए । गत बिहीबार अर्थात मे २२ मा भएको भ्रमणमा चान्सलर मर्जसहित जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियससँग सामेल रहेका थिए। सोही समारोहमा जर्मनीको बख्तरबंद ब्रिगेड औपचारिक रूपमा गठन गरिएको घोषणा गरिएको हो ।

युक्रेनमा रुसको आक्रमणको बीचमा चान्सलर मर्जले भने, ‘हाम्रा बाल्टिक सहयोगीहरूको सुरक्षा पनि हाम्रो सुरक्षा हो ।’ उनले नेटो सहयोगीहरूलाई मस्को विरुद्ध युरोपेली सुरक्षा बलियो बनाउन प्रयासहरू विस्तार गर्न पनि आग्रह गरेका थिए । आफ्नो सेनालाई बलियो बनाएर बर्लिनले सुरक्षामा थप लगानी गर्न सहयोगीहरूलाई संकेत गरेको देखिएको छ ।

आफ्नो देशमा जर्मन सेना भित्रिए पछि लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले यसलाई ‘ऐतिहासिक दिन’ भनेर टिप्पणी गरेका छन् । किनकी, यो पहिलो पटक हो कि जर्मन ब्रिगेडले १९४० पछि लामो तैनाथीको लागि आफ्नो देश बाहिर जाने निर्णय लिएको थियो ।

जर्मनीले लिथुआनियामा आफ्नो सेना तैनाथ सुरू गरे पछि युरोपमा नयाँ बहस सुरू भएको छ ।  लिथुआनियाले रुसको कालिनिनग्राद र मस्कोको प्रमुख सहयोगी बेलारुससँग आफ्नो सिमाना साझा गरिरहेको छ, जसका कारण लिथुआनिया माथी जतिखेर पनि मस्कोवाट हमला हुन सक्छ ।

images

नयाँ ब्रिगेडको साथ जर्मनीले अन्य देशसँग पनि गहिरो संलग्नताको लक्ष्य राखेको छ, जहाँ यसले पहिलो पटक २०१७ मा सेनाको स्थानान्तरण सुरु गर्ने घोषणा गरेको थियो । यो एक वर्ष भन्दा बढीको लागि प्रगतिको दिशामा थियो। यस पछि ‘एक्टिभेसन स्टाफ’ को रूपमा विस्तार भयो, जसमा २५० सेनाहरू त्यसमा सामेल रहेका थिए ।

images

अब विस्तारित रूपमा ४५ नम्बर आर्मर्ड ब्रिगेडमा लगभग ५ हजारको कुल संख्या पुरयाइनेछ, जसमा ४८०० जर्मन सैनिक तथा  २०० नागरिक कर्मचारीहरू रहने छन् । र, यो २०२७ सम्म यसको पूर्ण क्षमतामा पुग्ने अपेक्षा गरिएको छ। गत बिहीबार भिल्नियसको केन्द्रीय क्याथेड्रल स्क्वायर माथिको आकाशमा दर्जनौं जर्मन सैन्य हेलिकप्टरहरू उडाएर यसको संकेत गरिएको थियो ।

Nepal life insurance

images