बंगलादेशविरुद्ध पाकिस्तानको लगातार दोस्रो जित

 

काठमाडौँ । पाकिस्तानले बंगलादेशविरुद्धको टी-२० सिरिज एक खेल अघिनै जितेको छ ।

Nepal life insurance

गएराती सम्पन्न सिरिजको दोस्रो खेल पाकिस्तानले ५७ रनले जितेको हो ।

kharibot

पाकिस्तानले दिएको २०२ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा १४४ रन बनाएर अलआउट भएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।

पाकिस्तानले यसअघि सिरिजको पहिलो खेल ३७ रनले जितेको थियो ।

यो जितपछि पाकिस्तानले ३ खेलको सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो खेल आइतबार हुने छ ।

 

Nepal life insurance