




काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनलमा खेल आज राति हुदैछ । फाइनलमा फ्रेन्च च्याम्पियन पिएसजी र इटालीको क्लब इन्टर मिलान भिड्दैछन् ।
जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा हुने फाइनल खेल युरोपकै सबै भन्दा ठुलो खेलको रुपमा लिने गरिन्छ ।

पिएसजीले सेमिफाइनलमा आर्सनललाई पराजित गर्दै फाइनलमा पुगेको हो भने इन्टर मिलानले बार्सिलोनालाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

च्याम्पियन्स लिगको इतिहासमा पिएसजी दोस्रो पटक फाइनल खेल्दैछ । यस अघि पीएसजी २०२० मा फाइनलमा पुगेर बायर्न म्युनिखसँग पराजित भएको थियो ।

त्यस्तै इन्टर मिलान भने सातौ पटक च्याम्पियन्स लिगको फाइनल खेल्दैछ । यसअघि ६ पटक फाइनल खेलेको इन्टर मिलानले ३ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको थियो । इन्टर मिलानले पछिल्लो पटक २०१० मा च्याम्पियन्स लिग जितेको थियो । त्यस्तै २०२३ को फाइनलमा इन्टर मिलान म्यानचेस्टर सिटीसँग फाइनलमा पराजित भएको थियो ।
पिएसजी फ्रेन्च लिग र फ्रेन्च कोपा जितेर उत्साहित हुदै च्याम्पियन्स लिगको फाइनल खेल्दैछ भने इन्टर मिलान सिरी ए र कोपा इटाली दुवैमा उपाधि जित्न नसकेपछि अब आफ्नो ध्यान च्याम्पियन्स लिगमा केन्द्रित गरेको छ ।



