इन्डियन प्रिमियर लिग (आईपीएल) : आईपीएल फाइनल आज, उपाधिका लागि पन्जाब र बैंग्लोर भिड्दै

 

इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बैंग्लोर र पन्जाब किंग्स भिड्दैछन्।

अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेल राति पौने ८ बजे सुरु हुनेछ।

आईपीएल २०२५ को सिजनले नयाँ च्याम्पियन पाउनेछ। आईपीएलको इतिहासमा अहिलेसम्म बंैग्लोर र पन्जाबले उपाधि जित्न सकेका छैनन्।

Nepal life insurance
बैंग्लोरले पहिलो क्वालिफायरमा पन्जाबलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

पहिलो क्वालिफायरमा बैंग्लोरसँग पराजित भएको पन्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो।

पन्जाब ११ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो। पन्जाब सन् २०१४ पछि फाइनलमा पुगेको हो। पन्जाब सन् २०१४ को उपविजेता टोली हो।

आइपीएल इतिहासमा दोस्रोपटक फाइनलमा पुगेको पन्जाब उपाधि उचाल्न आतुर छ।

यता ३ पटक फाइनल खेलेको बंैग्लोरले यसअघि उपाधि नजिक पुगेर पनि टाढिएको टोली हो। बैंंग्लोरले सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो।

बैंग्लोर चौथो प्रयासमा आईपीएल उपाधि जित्दै इतिहास लेख्न चाहन्छ।

आईपीएलको उपाधि विजेताले २० करोड भारती रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता टोलीले १३ करोड पाउनेछ।

व्यक्तिगत पतिस्पर्धातर्फ ओरेन्ज क्याप र पर्पल क्यापको विजेताले १० लाख भारतीय रुपैयाँ पाउनेछन्। उदियमान खेलाडीले २० लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछन्।

आईपीएलको सर्वोत्कृष्ट खेलाडी, सुपर स्ट्राइकर, पावर प्लेयर, म्याक्सिमम सिक्सर र गेम चेन्जरले समान १० लाख भारतीय रुपैयाँ पाउनेछन्।

 

Nepal life insurance