संयुक्त अरब ईमिरेट्स (युएई) जाने नेपाली श्रमिकको तलब बढ्यो

 

संयुक्त अरब ईमिरेट्स (युएई) जाने नेपाली श्रमिकको तलब बढ्यो

काठमाडौं, २२ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब ईमिरेटस (युएइ) जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए माग पत्र प्रमाणिकरण नहुने बताएका छन् ।

Nepal life insurance

बिहीवार मन्त्री भण्डारीले युएई जाने श्रमिकको  न्यूनतम तलब निर्धारिण गर्ने निर्णय गरेका हुन । उनले अब युएइ जाने कामदारहरुको न्युन्तम तलब सुविधा १ हजार दिराम भए मात्रै राजदुतावासबाट प्रमाणिकरण हुने अन्यथा त्यसभन्दा कम भए माग पत्र प्रमाणिकरण नहुने बताएका हुन ।

मन्त्री भण्डारीले संयुक्त अरब ईमिरेटस ९युएइ० नेपाली कामदारका लागि आर्कषण गन्तव्यको रुपमा देखिएको जिकिर गर्दै त्यहाँ स्थिती दुतावासको सुझावमा न्यूनतम तलब १ हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरिय निर्णय गरिएको बताए ।

उनले भने,  ‘संयुक्त अरब ईमिरेटस ९युएइ० जाने कामदारको हकमा पहिले ८ सय, हजार र १२ सय दिराम तलबको अनुपात लागु थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्युन्तम १ हजार, १२ सय र १५ सय दिराम तलब निर्धारण गरिएको छ । तोकिएको भन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणिकरण हुनेछैन ।’

images

मन्त्री भण्डारीले युएइ जाने नेपाली कामदारहरुको हितमा यो निर्णय उपलब्धी मुलुक हुने विश्वास व्यक्त गरे । उनले यस निर्णयबाट युएईमा न्यून तलबमा काम गर्ने नेपाली श्रमिकहरुलाई ठुलो राहत हुने बताए ।

नेपाल सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको हो दुतावासले यो भन्दा तल मागपत्र प्रमाणीकरण गर्दैन । अब तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान पाउने छैनन ।

images

उनले नेपाली श्रमिकको हकहितमा हुने कुनै पनि काम गर्न नेपाल सरकार पछि नहट्ने जिकिर गर्दै नेपाली श्रमिकको सम्पूर्ण अधिकार सुनिश्चित गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तत्पर रहेको बताए ।

images

‘विदेशी भूमिमा श्रम गर्न गएका नेपाली श्रमिकको हित हुने काम गर्नु हाम्रो पहिलो शर्त हो ।’, उनले भने, ‘हामी श्रमिकको तलब, स्वास्थ्योपचार र सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति गराउन गम्भीरता पूर्वक लागि परेका छौं ।’

 

Nepal life insurance