मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ? जान्नुहाेस्

 

काठमाडौं, २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क बीच अहिले तिब्र लडाई सुरू भएको छ । अहिले मस्क ट्रम्पका बिरूद्दमा ब्यक्तिगत तहमा नै उत्रेर आरोप लगाइरहेका छन । कतिपय आरोप त निकै संगिन पनि रहेका छन् ।

Nepal life insurance

सोही सन्दर्भमा मस्कले ट्रम्पको नाम ‘बाल यौनदुराचारी र बिबादस्पद ब्यापारी’ जेफ्री एपस्टेन फाइलमा रहेको भन्दै त्यसैकारण रिलिज नगरिएको दाबी गरेका छन् ।

यससँगै ट्रम्प र एपस्टेन (ट्रम्प–एप्सटिन फ्रेन्डशिप) को पुरानो तस्विर पनि भाइरल भइरहेको छ। जसमा ट्रम्प उनको काँधमा हात राखेर मुस्कुराउँदै गरेको देखिन्छ ।

यसैबीच, सबैजना जान्न चाहन्छन् कि एपस्टेन को हुन् ? यदि उनी ट्रम्पको साथी थिए भने मस्कले किन यस्तो आरोप लगाइरहेका छन्। जेफ्री एपस्टेन र ट्रम्पको मित्रतादेखि शत्रु बन्नेसम्मको बिवरण चाँही यस्तो रहेको छ।

जेफ्री एपस्टेन एक अमेरिकी फाइनान्सर थिए। अमेरिकालगायत अन्य देशका सेलिब्रेटीहरूसँग उनको घनिष्ठ सम्बन्ध रहेको थियो।  उनीमाथि नाबालिगलाई वेश्यावृत्तिमा लगाउन बाध्य पारेको आरोप लागेको थियो । एपस्टेनले मिस स्वीडेन इवा एन्डरसन डुबिन र प्रकाशक रोबर्ट म्याक्सवेलकी छोरी घिसलेन म्याक्सवेल जस्ता महिलासँग डेट गरेका थिए, यद्यपि उनले कहिल्यै विवाह भने गरेनन्।

images

तर, अचानक उनी यौन अपराधी ठहरिए पछि १० वर्ष जेल सजाय भोग्दै गर्दा उनी १० अगस्ट २०१९ मा न्यूयोर्कको जेलमा मृत फेला परेका थिए। उनले आत्महत्या गरेको बताइएको छ ।

images

एपस्टेनको जन्म न्यूयोर्कमा जन्म भएको थियो। १९७० को दशकमा उनले स्कूलमा बच्चाहरूलाई गणित र भौतिक विज्ञान पढाएका थिए। र, यो पनि भनिन्छ कि उनका एक विद्यार्थीको पित उनीसँग यति प्रभावित भए कि उनले एपस्टेनलाई वाल स्ट्रीट इन्भेष्टमेन्ट बैंक बियर स्टर्न्सको एक वरिष्ठ साझेदारसँग परिचय गराईदिए।

त्यसको ४ वर्ष भित्र एपस्टेन आफैं यसको साझेदार बन्न सफल भए । सोही बलमा उनले १९८२ मा आफ्नै अलग्गै फर्म जे एपस्टेन कम्पनी खडासमेत गरेर काम गर्न सुरू गरे। तर, उनी यौनदुराचारीको रूपमा अन्तिम समयमा कुख्यात भएर जेलमा नै मृत्युबरण गरेका थिए ।

images

सन् २००२ मा ट्रम्प र एपस्टेनबीचको मित्रतालाई ट्रम्प आफैंले स्वीकार गरेका थिए । दि न्युयोर्क पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले जेफ्रीलाई १५ वर्षदेखि चिनेको बताएका थिए । ‘उहाँ धेरै अद्भुत व्यक्ति हुनुहुन्छ, उनीसँगै बस्दा पनि निकै रमाइलो लाग्छ, ट्रम्पले उनी पनि आफू जस्तै सुन्दर महिलाहरू मन पराउनु हुन्छ, यीमध्ये धेरै युवतीहरू रहेका छन्’ उनले भनेका थिए ।

सन १९९७ मा जेफ्री एपस्टेन र ट्रम्प बीचको मित्रता निकै नै बढ्दै गयो। ट्रम्पले पाम बिचमा उनको काँधमा हात राखेर तस्बिर पनि खिचेका थिए, जसमा उनी मुस्कुराउँदै गरेको देखिन्छन् । दुवैको सामाजिक अवस्था उस्तै थियो । ट्रम्प र एपस्टेन दुवैलाई केटीहरूमा विशेष रुचि थियो। यी सबै कुरामा समानता भएका कारण उनीहरुको मित्रता वर्षौंसम्म टिकिरहेको भनिन्छ । उनीहरू दुवैले धेरै क्लब पार्टीहरूमा सँगसँगै भाग लिए, धेरै लञ्च र डिनरसमेत गरेको अनुभव रहेको छ । दुवैजना धेरै पार्टीमा सँगै देखिएका थिए । उनीहरूको नजिकको कारण उनीहरूको समान सामाजिक स्थिति र केटीहरूमा विशेष चासो नै प्राथमिक रहेको जनाइन्छ ।

Nepal life insurance

तर, सन २००४ त्यो वर्ष थियो, जब ट्रम्प र एपस्टेन बीचको दशकौं पुरानो मित्रतामा अचानक दरार आयो। दुबै अर्बपति व्यवसायी, जो एक समय न्यूयोर्क देखि पाम बिचसम्म सँगै यात्रा गर्थे। क्लबहरूमा धेरै पार्टी गर्थे। लंच र डिनर सँगै खान्थे ।  सम्पत्तिको कारोबारको बिषयलाई लिएर दुवै एकअर्काका कट्टर शत्रु बन्न पुगे ।

यौन दुर्व्यवहारको आरोपमा २० वर्षको जेल सजाय भोगेका एपस्टेनले २०१९ मा जेलमै आत्महत्या गरेका थिए। ट्रम्पजस्तै एपस्टेन पनि अर्बपति हुन चाहान्थे । एक समय थियो, जब उनी र ट्रम्पलाई मिल्ने साथी मानिन्थ्यो। सामाजिक सञ्जालमा पनि उनीहरुको मित्रताका धेरै कथाहरु उपलब्ध रहेका छन् ।

र, ट्रम्प राष्ट्रपति चुनाव लड्दै गर्दा एक अमेरिकी अदालतले केही कागजातहरू जारी गरेको थियो। जसमा एपस्टेनमाथि यौन शोषणको आरोप लगाउने महिलाले पनि ट्रम्पको कालो कारनामीको पर्दाफास गरेकी थिइन् । उनले आफूसँग बिल क्लिन्टन, प्रिन्स एन्ड्रयु र ट्रम्पजस्ता सेलिब्रेटीको सेक्स टेप रहेको दाबी गरेकी थिइन ।

कागजातहरूमा भनिएको छ कि यी टेपहरू ट्रम्पका साथी एपस्टेन आफैंले रेकर्ड गराएका थिए।  ती महिलाले ट्रम्पको बारम्बार न्युयोर्कस्थित एपस्टेनको घरमा जाने गरेको पनि बताएकी थिइन् ।

उनै एप्स्टिन र ट्रम्पबीचको ‘कुख्यात मित्रता’ को चर्चा फेरि एकपटक अहिले भइरहेको छ किनभने मस्कले ट्रम्पको नाम एपस्टेन फाइलमा रहेको दाबी गरिरहेका छन्, त्यसैले उनीहरुलाई रिलिज नगरिएको भनेर पनि लेखेका छन, ‘अब ठूलो बम खसाल्ने समय आएको छ।’

मस्कको यो दाबी पछि अमेरिकी राष्ट्रपतिको बाल यौन दुर्ब्याबहार गर्ने व्यक्तिसँगको पुरानो सम्बन्ध फेरि छानबिनको दायरामा आउने देखिएको छ । तर, अहिलेसम्म ट्रम्पको तर्फबाट यस विषयमा केही भनिएको छैन्।

 

Nepal life insurance