मालारानीका कृषकलाई बाख्रा उपहार

 

-प्रेमनारायण आचार्य

अर्घाखाँची २४ जेठ । अर्घाखाँचीकाे मालारानी गाउँपालिकामा कृषकलाई उपहारस्वरूप बाख्रा वितरण गरिएको छ ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम भोकलाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउँ, भन्ने मूलमन्त्रका साथ मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत कृषकलाई बाख्रा वितरण गरिएको मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभयो ।

मालारानी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र नेपाल अर्घाखाँचीको सहजीकरणमा, मालारानी गाउँपालिकामा सञ्चालन भएको, मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत बाख्रा वितरण गरिएको परियोजनाका लेखा अधिकृत अर्जुन खनालले बताउनुभयो ।

Nepal life insurance

मालारानी गाउँपालिका वार्ड नं ८मा पहिलो,,र दोस्रो परियोजनामा गठन भएका मूल तथा उपहार समूहमा उपहार कोषको रकमबाट ७ वटा उपहार बाट उपहार १३ वटा। बाख्रा उपहार प्रदान कार्यक्रम एक कार्यक्रमका बीच सम्पन्न भएको हाे ।

images

उपहार प्रदान कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र नेपाल अर्घाखाँचीका कार्यकारी निर्देशक शम्भु प्रसाद पोख्रेल, वडा अध्यक्ष नरेन्द्र कुमार बस्नेत, कार्यपालिका सदस्य पदमा पन्थी, वडा सदस्य बलबहादुर हाैजाली, मालारानी कृषि तथा पशु उधमशीलता विकास परियोजनाका परियोजना संयोजक दिनेश बेलबासे लेखा अधिकृत अर्जुन खनाल , पशु प्राविधिक सरोज कुमार खड्का, सामुदायिक सहजकर्ता चन्द्रबहादुर पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

images

कार्यक्रममा राधा जिसी, समूह सञ्जालका संयोजक भगवता बुढाथोकी, सबै मूल तथा उपहार समूहका बाख्रा लिने दिने सदस्य, सँगै समूहका सम्पूर्ण सदस्यज्यूहरु समाजसेवी तथा स्थानीय बुद्धिजीवी को सहभागिता रहेकाे थियाे,जसमा समूह सञ्जालका संयोजक भगवता बुढाथोकीले प्रतिवेदन वाचन गर्नु भएको थियोे । समूहकी सदस्य जमुना सुनार बिकको स्वागत मन्तव्य , साेभा राहुकाे सञ्चालनमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न गरिएको थियो।

images

 

Nepal life insurance