क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र अल अहली गोल रहित बराबरीमा

 

काठमाडौँ । फिफाले तय गरेको नयाँ फर्म्याटको क्लब विश्वकप आज देखि शुरु भएको छ । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल अहली बराबरी खेलेका छन् ।

Nepal life insurance

आइतबार बिहान फ्लोरिडाको मिआमीस्थित हार्ड रक स्टेडियममा सम्पन्न खेल गोल रहित बराबरीमा सकिएको हो ।

यस खेलमा खेलको ४३औं मिनेटमा अल अहलीले पाएको पेनाल्टी इन्टर मियामीका गोल किपरले बचाएका थिए ।

यो बराबरीपछि समुह ए मा रहेका इन्टर मियामी र अल अहलीले एक एक अंक बाडेका छन् ।

 

Nepal life insurance