अर्घाखाँची छत्रदेवको अर्घातोष र भगवतीमा पसल अनुगमन , झन्डै २० हजार बराबरको सामान जफत गरी नष्ट । (तस्बिर सहित)

 

-रुद्रमणि भुसाल , अर्घाखाँची।

अर्घाखाँची। जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा आज अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको अर्घातोस र

May be an image of 8 people, newsagent and text

भगवतीका विभिन्न पसल अनुगमन गरी उपभोग गर्न नमिल्ने र म्याद नाघेका झण्डै २० हजार बराबरको सामान जफत गरि नष्ट गरिएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनु भयो।

Nepal life insurance

अर्घातोषका विभिन्न किराना तथा फलफुल पसलहरूमा अनुगमन गर्दा अखाद्य मिठाई ,चाउचाउ, सुजी, चिजबल लगायतको सामानको म्याद गुर्जेका वस्तुहरू जफत गरी नष्ट गरिएको हो।

May be an image of 7 people, newsagent and text

अर्घाखाँची जिल्लामा पछिल्लो समय ग्रामीण क्षेत्रका पसलहरूमा पनि नियमित रूपमा अनुगमन गर्न थालिएपछि अहिले उपभोक्ताहरुमा केही सचेतना जागेको र पसलहरूले पनि म्यादगुर्जेका सामग्रीहरू छुट्टाएर राख्न थालेको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकी प्रमुख दुर्गा न्यौपानेले बताउनुभयो ।

images

May be an image of 6 people, newsagent and text

अनुगमनको क्रममा उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स ,जिल्ला प्रहरी कार्यालय नेपाल पत्रकार महासंघ लगायतको रोहवरमा गरिएको अनुगमनमा केही पसलहरूले पुँजी कम देखाएको र केहीले होल्डिङ बोर्ड नराखेको र दर्ता नगरी सञ्चालन गरेकाले सात दिनभित्र दर्ता गरेर सञ्चालन गर्न आग्रह समेत गरिएको छ ।

images

May be an image of 4 people, newsagent and text

केही किराना पसलहरूले नियम विपरीत दर्ता नगरी मासुपसल किराना फेन्सी एउटै पसलमा सञ्चालन गरेकोले पसल गर्ने नै भए छुट्टाछुट्टै काउन्टर राखेर सञ्चालन गर्न भनिएको घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो ।

images

May be an image of 7 people, temple and text

अनुगमनको क्रममा उद्योग वाणिज्य सङ्घका जिल्ला कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठ पत्रकार महासंघका जिल्ला उपाध्यक्ष

May be an image of 5 people and fruit

रुद्रमणि भुसाल, नयाँ नेपाल एग्रोभेटका प्रोप्राइटर युवराज पौडेल, छत्रदेव गाउँपालिकाका उद्योग शाखाका प्रमुख कृष्ण पन्थी ,घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी हुमबहादुर बिक, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतको उपस्थितिमा अनुगमन गरिएको हो।

Nepal life insurance

थप तस्बिर :

May be an image of 2 people and text

May be an image of 5 people, temple and text

May be an image of 8 people, scooter, motorcycle and text

May be an image of 5 people and text

May be an image of 11 people, scooter, motorcycle and text

May be an image of 5 people and text

May be an image of 4 people, motorcycle and text

May be an image of 5 people and text

May be an image of 5 people

May be an image of 5 people

May be an image of 8 people

May be an image of 13 people

Nepal life insurance