फिफा क्लब विश्वकपमा चेल्सीको विजयी शुरुवात

 

काठमाडौँ । जारी फिफा क्लब विश्वकपमा चेल्सीले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले लस एन्जलस एफसीलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

Nepal life insurance

चेल्सीको जितमा पेड्रो नेटो र इन्जो फेर्नानडेजले एक एक गोल गरेका थिए । नेटोले खेलको ३४औ र फेर्नानडेजले खेलको ७९औ मिनेटमा गोल गरेका थिए ।

यो जितपछि समुह डी मा चेल्सीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

चेल्सीले अब अर्को खेल जुन २० मा फ्लामेंगोसँग खेल्ने छ भा त्यसपछि जुन २५ मा इएस टुनिससँग खेल्ने तालिका रहेको छ ।

त्यस्तै लस एन्जलसले जुन २१ मा इएस टुनिस र जुन २५ मा फ्लामेंगोसँग खेल्ने तालिका रहेको छ ।

 

Nepal life insurance