तेहरान खाली गर्न ट्रम्पको धम्की पछि इरानीहरू तेहरान छाडन थाले

 

काठमाडौं, ३ असार । जी ७ शिखर सम्मेलनमा भाग लिन क्यानडा जानु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्काएका छन्।  उनको नयाँ धम्की पछि इरानमा हलचल मच्चिएको छ, धेरैजसो इरानको राजधानी तेहरान छाडेर हिडिरहेको देख्न सकिन्छ।

Nepal life insurance

इजरायल र इरानले एकअर्का माथि निरन्तर हमला गर्ने क्रममा ट्रम्पले पोस्टमा लेखेका छन्, ‘मैले उनीहरूलाई हस्ताक्षर गर्न भनेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपर्थ्यो। यो कस्तो लाजमर्दो र मानव जीवनको बर्बादी हो। सरल भाषामा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुन सक्दैन। मैले यो बारम्बार भनेको छु, सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ ।’

ट्रम्पले यसअघि पनि इरानसँग आणविक हतियार हुन नहुने भन्दै धेरै पटक भनेका छन् । तर यस पटक उनले मानिसहरूलाई तेहरान खाली गर्न भनेका छन्, जसको अर्थ तेहरानमा ठूलो आक्रमणको योजना बनाइएको हुन सक्छ। इजरायलले पहिले नै तेहरानमा धेरै ठूला आक्रमणहरू गरिसकेको छ, जसमा सैन्य आधार शिविरहरू र नागरिक भवनलाई निशाना बनाइरहेको छ ।

उता, इजरायलको निरन्तर आक्रमणपछि मानिसहरू तेहरान छोडेर अन्य सहरमा जान थालेकाले आइतबार सडकमा जामको अवस्था सिर्जना भएको थियो । ट्रम्पको भनाइपछि यो आप्रवासन बढेको छ।

सीबीएस रिपोर्टका अनुसार अमेरिकी अधिकारीहरूले इरानमा इजरायली हमलामा आफूहरू संलग्न नहुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा परिषद्लाई बैठक बोलाउन निर्देशन दिए पनि वाशिङटनले आक्रमणमा सामेल हुनेछन् भन्ने होइन। इजरायलले गत हप्ता इरानमा आक्रमण गरे पछि पनि राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरू सधैं तयार रहेको पनि उनले बताए।

images

इजरायलले गत शुक्रबार अर्थात जुन १३ मा इरानको आणविक स्थल र सैन्य अखडामा हमला गरे पछि दुई देशले एकअर्कालाई आक्रमण गर्दै आएका छन् । पाँचौँ दिनमा प्रवेश गरेको यो लडाइमा करिब ३० इरानी सैन्य अधिकारी र वैज्ञानिकसहित २३० जनाको मृत्यु भएको छ भने १२ सयभन्दा बढी घाइते भएका छन् ।

images

उता, इजरायलमा २४ जनाको मृत्यु भएको छ भने करिब २५० जना घाइते भएको जनाइएको छ।

images

 

Nepal life insurance