नेदरल्याण्डसले नेपाललाई दियो १७५ रनको लक्ष्य

 

काठमाडौँ । नेदरल्याण्डसले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ ।

Nepal life insurance

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १७४ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक ८६ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मेर्वेले अविजित ३६ रन बान्ये भने आर्यन दत्तले १७ रन बनाएका थिए । त्यसैगरी सकिब जुल्फिकरले १४ रन बनाए भने नेदरल्याण्डसका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

त्यसैगरी नेपाली बलर करण केसीले २ विकेट लिए भने ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

 

Nepal life insurance