




काठमाडौँ । पिएसजी जारी फिफा क्लब विश्वकपमा ब्राजिलियन क्लब वोटाफोगोसँग पराजित भएको छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा वोटाफोगोले पिएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।


वोटाफोगोको जितमा खेलको ३६औं मिनेटमा इगोर जिससले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि समुह बी मा वोटाफोगोले २ खेलमा दुवै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै पिएसजीक ओ२ खेलमा ३ अंक रहेको छ भने एटलेटिको म्याड्रिडको पनि २ खेलमा ३ अंक रहेको छ ।



