प्री-प्रोडक्सनमा फिल्म ‘महाकाव्य’

 

काठमाडौं।  फरक धारको कथा, विश्वस्तरीय भिजुअल इफेक्ट्स र दमदार एक्सनका साथ नेपाली सिनेमा ‘महाकाव्य’ निर्माणको तयारीमा जुटेको छ । खुसी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको हाल प्री-प्रोडक्सन कार्य तीव्र गतिमा अगाडि बढिरहेको निर्माण टिमले जनाएको छ ।

Nepal life insurance

फिल्मको निर्देशन मदन खड्काले गर्दैछन्, जो यसअघि थुप्रै चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। ‘महाकाव्य’ खड्काको डेब्यु चलचित्र हुनेछ। एक्सन निर्देशनमा शुक्रराज शाह रहनेछन्। चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ। थिम पोस्टरमा दुई ज्वालामुखी भालाहरूको टक्कर भएको दृश्य समाबेश छ। यसले चलचित्रले केहि नयाँ दिने संकेत बुझ्न सकिन्छ। को होला त्यो आवाज जसले महाकाव्य लेख्नेछ? चलचित्रमा काम गर्ने प्रमुख कलाकारहरुको बारेमा अहिले खुलाइएको छैन ।

‘महाकाव्य’ ले दर्शकलाई एउटा अद्भुत सिनेम्याटिक अनुभव दिने लक्ष्य राखेको छ।  ऐतिहासिक, पौराणिक र आधुनिक फ्यान्टासीको संयोजनमा आधारित यो फिल्म नेपाली चलचित्र इतिहासमै नयाँ युगको सुरुवात हुने मानिएको छ ।

चलचित्रमा मुख्य भूमिकामा एक नयाँ कलाकारलाई प्रस्तुत गरिँदैछ। निर्माण टिमका अनुसार, उक्त कलाकारले शारीरिक रुपमा परिवर्तन गर्नुका साथै एक्सन र नृत्यमा गहिरो तालिमसमेत लिएका छन्। हाल उनी अन्तिम तयारीमा छन्। फिल्मको छायांकन भदौदेखि सुरु हुने तयारी छ ।

निर्माता शान्ती  मगरको लगानीमा निर्माण हुने  ‘महाकाव्य’ महादेवको शक्ति, एक अनुपम प्रेमकथा र रहस्यमय साहसिक यात्राको माध्यमबाट नेपाली पौराणिक कथाहरूलाई पुनर्जीवित गर्न खोजिएको कथा हो। चलचित्रले नेपाली संस्कृति, मिथक, र हराउँदै गएका पवित्र स्थलहरूको कथा भ्जुयल माध्यमबाट गहिरो रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।

 

Nepal life insurance