




काठमाडौँ । जारी फिफा क्लब विश्वकपको नकआउट चरणको समीकरण पुरा भएको छ ।
समुह चरणका खेलहरु शुक्रबार सकिएसँगै नक आउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो ।

नकआउट चरणमा समुह ए बाट पाल्मिरास र इन्टर मियामी, समुह बी बाट पिएसजी र वोटाफोगो, समुह सी बाट बेनिफिका र बायर्न म्युनिख, समुह डी बाट फ्लामेन्गो र चेल्सी, समुह इ बाट इन्टर मिलान र मोन्टेरी, समुह एफ बाट बोरुसिया डोर्टमण्ड र फ्लुमिनेन्स, समुह जी बाट म्यानचेस्टर सिटी र युभेन्टस तथा समुह एच बाट रियल म्याड्रिड र अल हिलाल नकआउट चरणमा पुगेका छन् ।


अब नकआउट चरणमा पाल्मिरासको सामना वोटाफोगोसँग, बेनिफिकाको सामना चेल्सीसँग, पिएसजीको सामना इन्टर मियामीसँग, फ्लामेन्गोको सामना बायर्न म्युनिखसँग, इन्टर मिलानको सामना फ्लुमिनेन्ससँग, म्यानचेस्टर सिटीको सामना अल हिलालसँग, रियल म्याड्रिडको सामना युभेन्टससँग, र बोरुसिया डोर्टमण्डको सामना मोन्टेरीसँग हुने भएको छ ।
३२ क्लबले भाग लिएको यस क्लब विश्वकपमा समुह चरणको खेलपछि १६ क्लब अगाडी बढेका छन् भने १६ क्लब बाहिरिएका छन् । अब शनिबारबाट नकआउट चरणका खेलहरु शुरु हुने छन् ।



