कपिलवस्तुको विजयनगरमा जग्गा नापजाँच विषयमा अन्तरक्रिया (तस्बिर सहित)

 

-धर्मेन्द्र कुमार कुर्मी , कपिलवस्तु।

कपिलवस्तु- कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा नाप जाँचकाे विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

May be an image of 5 people, people studying and dais

विजयनगर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुका लागि जग्गा नापजाँचकाे कानुनी प्रावधान र प्रक्रियाकाे बारेमा अन्तरक्रिया गरिएको हाे । गाउँपालिकामा जेठ २९ गतेबाट नै जग्गा नापजाँचकाे सुरुवात भएको छ ।

Nepal life insurance

आइतबार स्थानीय, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायत सराेकारवालासँग जग्गा नापजाँचकाे सम्बन्धमा अन्तरक्रिया गरिएको हाे । नापी कार्यालय ताैलिहवाका प्रमुुख जनक भण्डारीले जग्गा प्राप्तिका लागि सुरुवात भएको अधुरो र अपुराे जग्गाकाे नापजाँचकाे प्रक्रियाकाे बारेमा विस्तृत रुपमा प्रष्ट्याएका थिए । जग्गा नापजाँचकाे प्रक्रियालाई सहज र छिटाेछरितो सहित तीव्रताका साथ काममा लाग्ने हिसाबले अन्तरक्रिया गरिएको जनाइएको छ ।

May be an image of 5 people, people studying, dais and text

कार्यक्रममा बाेल्दै भूमि सम्बन्धी समस्या समाधान आयाेगका जिल्ला अध्यक्ष झबिलाल पाेख्रेलले प्रमाणसहितकाे अधुरो, अपुराे जग्गाका लागि जग्गा आयाेगमा निवेदन पेश गर्ने बताए । उनले सम्बन्धित पालिकाले बढी जिम्मेवार भई द्रुतगतिमा नापजाँचकाे कामलाई अगाडी बढाउनुुपर्नेमा जाेड दिए । फिल्डमा खटिएका प्राविधिक टाेलीलाई काम गर्ने सहज वातावरण बनाई सहयोग गर्न उनले अनुरोध समेत गरे ।

images

May be an image of 8 people, people studying, dais and text

यस्तै गाउँपालिका गाेपाल बहादुर थापाले प्राथमिकताका साथ छिटो भन्दा छिटाे लालपुर्जा वितरण गर्ने हिसाबले लागेकाे बताए । फिल्डमा खटिएका प्राविधिकहरुलाई समन्वयात्मक रुपमा सहकार्य गर्दै बढेकाे उनले बताए । सम्बन्धित निकायमा समन्वयकाे साथै वडा अध्यक्ष र वडा सदस्यहरुले बढी सक्रियता देखाउन अनुरोध गर्दै सराेकारवालाहरुले पनि चाँसाेकाे साथै समन्वय बढाउनुपर्नेमा अध्यक्ष थापाले जाेड दिए ।

images

May be an image of 5 people, people studying and dais

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजाल, भूमि सम्बन्धी समस्या समाधान आयाेगका जिल्ला सदस्य मञ्जु थारु, वडा अध्यक्षहरु लगायत सराेकारवाला विजयनगर भूमिहीन दलित, भूमहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको सेवा केन्द्रका शाखा प्रमुख बासुदेव जमरकटेल लगायतको उपस्थिति थियोे ।

images

 

Nepal life insurance