म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै अल हिलाल क्लब विश्वकपको क्वाटरफाइनलमा

 

काठमाडौँ । साउदी प्रो लिग क्लब अल हिलाल जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

अल हिलालले म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै ४-३ को गोल अन्तरले जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

Nepal life insurance

अल हिलालको जितमा मार्क्स लियोनार्दोले २ गोल गरेका थिए भने माल्कम र कालिडोउ कौलीबालीले एक एक गोल गरेका थिए । त्यसैगरी म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भा, इर्लिंग हालाण्ड र फिल फोडेनले एक एक गोल गरेका थिए ।

यस खेलमा निर्धारित ९० मिनेटमा दुवै क्लबले २-२ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा अल हिलालले २ गोल गर्यो भने म्यानचेस्टर सिटीले एक गोल गरेको थियो ।

अब क्वाटरफाइनलमा अल हिलालले ब्राजिलियन क्लब फ्लुमिनेन्सको सामना गर्ने छ । त्यस्तै हारसहित म्यानचेस्टर सिटीको फिफा क्लब विश्वकपको यात्रा समाप्त भएको छ ।

 

Nepal life insurance